डेविड शंकर र सहिमा श्रेष्ठको ‘सलल बगेको पानीमा’ बिनोद र जस्मिनको रोमान्स -भिडियो

61

इन्द्रेणी न्युज, काठमाडौं। पछिल्लो समय चर्चामा रहेका गायक हुन् डेविड शंकर । अनि चर्चामा रहेकी र ब्यस्त गायिका हुन् सहिमा श्रेष्ठ । बहुप्रतिक्षित चलचित्र छक्का पञ्जाको चर्चित गीत पहिलो नम्बरमा र घिनघिन मादल बोलको गीत गाएर चर्चामा रहेका बेला उनले गाएको अर्को गीत सलल बगेको पानी सार्वजनिक भएको छ ।

तिम्रा डोला डोला हातमा मेहेन्दी भरीछौ, तिम्रो पिक्चर हिट, लगायतका चर्चित गीतकी गायिका सहिमा र डेविडकोयुगल स्वर रहेको सार्वजनिक गीतमा सुमन बैरागी पण्डितका शब्द शृजना रहेको छ । पछिल्लो पुस्ताका चर्चित मध्येका एक संगीतकार दीपक शर्माको संगीत रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।

चितवनका मनोरम दृश्यमा छायांकन गरिएको उक्त गीत निकै लोभलाग्दो बनेको छ । राजु अधिकारीको निर्देशन र पछिल्लो पुस्ताका सफल नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चलचित्र पञ्चेबाजाकी घिनघिन मादलकी नायिका जस्मिन श्रेष्ठ र प्रतिभाशाली नायक बिनोद न्यौपानेको दमदार अभिनय रहेको छ । जसमा ६० जना कोरस सहित अत्याधुनिक क्यामेराले भिडियो छायांकन गरि चर्चित छायांकार सुदिप बरालले आफ्नो कला कौशल देखाउन सफल भएका छन् । जसमा चलचित्र सम्पादन गर्दै आएका सम्पादक मिलन श्रेष्ठको सम्पादन रहेको छ भने कलरीगंमा रेनीश फागोले आफ्नो जादु छर्न सफल भएका छन् ।

Comments

comments