कात्तिक १६ गते रिलिज हुने ‘चङ्गा चेट’को ट्रेलर रिलिज (हेर्नुस् ट्रेलर)

237

इन्द्रेणी न्युज, काठमाडौं। कात्तिक १६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षित चलचित्र ‘चङ्गा चेट’को अफिसियल ट्रेलर रिलिज गरिएको छ। आईतवार राजधानिमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। कमेडी जनरामा निर्माण गरिएको उक्त चलचित्रको ट्रेलरमा चलचित्रका मुख्य पात्र आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रविन्द्र झा, प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राणा र सुरक्षा पन्तको अलावा चलचित्रका नयाँ कलाकार अर्पण थापा, ऋचा शर्मा र वेनिशा हमाल लगायतलाई प्रस्तुत गरिएको छ।

निद्रेशक दिपेन्द्र के.खनाल निर्देशित चलचित्रलाई माधव वाग्ले र सर्मिला पाण्डे मिलेर बनाएका हुन् । प्रदीप भारद्वाजले लेखन, अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायांकन, दिर्घ खड्काको सम्पादन र सुर्य थोकरको द्धन्द्ध रहेको छ । यस अघि फिल्मको ‘गोजीमा दाम छैन’ गीत निकै रुचाईसकेको छ ।

चलचित्रमा आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, रविन्द्र झा, प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राणा र सुरक्षा पन्तको अलावा अर्पण थापा, ऋचा शर्मा र वेनिशा हमाल लगायत अन्य कलाकारहरुको पनि अभिनय रहेको छ।

Comments

comments