अंग्रेजी नयाँ वर्षमा रिलिज हुने ‘बादशाह जुट’को ‘काफल पाक्यो’ रिलिज – भिडियो

100

इन्द्रेणी न्युज, काठमाडौं। पौष १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘बादशाह जुट’को नयाँ गीत सार्वजनिक गरिएको छ। सोमबार आजधानिमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा चलचित्रका मुख्य तीन पात्र प्रियांका कार्की सुशिल श्रेष्ठ र आमिर गौतमलाई डान्सिङ मूडमा प्रस्तुत गरिएको छ।

निर्देशक जोनी सिंह राणाको निर्देशन रहेको यस चलचित्रको गीतमा राजनराज सिवाकोटी मेलिना राईको स्वर, डिपी खनालको शब्द, कृष्ण भारध्वजको संगीत र विक्रम स्वांरको कोरियोग्राफी रहेको छ ।

एच एण्ड बि फिल्मस् प्रा ली र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा लीको संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाज र विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ भने चलचित्र बादशाह जुटमा एच एण्ड बी फिल्मससँग गोल्डेन ग्रेप्स फिल्म एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको छ ।

अभिषेक कुमार सैनीको कथा समेटिएको यस चलचित्रमा प्रियांका कार्की, सुशिल श्रेष्ठ, आमिर गौतम,रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायत अन्य कलाकारहरुको पनि अभिनय रहेको छ ।

Comments

comments