‘छक्का पञ्जा ३’लाई मल्टिप्लेक्समा सर्वाधिक शो, तिव्र रुपमा बुकिंग ओपनिङ

79

इन्द्रेणी न्युज, काठमाडौं। निर्देशक दिपाश्री निरौला निर्देशित यस बर्षको बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा-३’ले मल्टिप्लेक्समा शोज खुला गरेको छ । गत बर्ष छक्का पञ्जा २ ले सर्वाधीक शो पाउँदा क्युएफएक्स सर्भरमा २४ शो मात्र पाएको थियो भने यो पटकको चलचित्र ‘छक्का पन्जा-३’लाई मल्टिप्लेक्समा ३० शोज दिएको छ। चलचित्र ‘छक्का पन्जा-३’लाई मल्टिप्लेक्सहरुले दिएको yo अहिले सम्मकै सर्वाधिक शो हो। त्यस्तै यस चलचित्रलाई अन्य मल्टिप्लेक्सहरुले पनि सर्वाधिक शो दिएको छ । विग मुभिजमा १० शो क्युज सिनेमामा ११ शो एफक्युवमा ११ शो र बिएसआर मुभिजले १२ शो दिएको हो।

घटस्थापना अर्थात भोली मंगलबारदेखी सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्र देशभरका एक सय पैतालिस हलहरुमा लाग्दैछ। शो खुला गरिए लगत्तै क्युएफएक्स अन्र्तगतका हलमा दर्शकले आफ्नो टिकट सुरक्षति सुरु गरेका छन् । शो खुला गरिएको सोमबार रातीसम्म ‘छक्का पञ्जा ३’ को ६ शो तिव्र रुपमा बुकिंग हुँदैछन् । उसो त ‘छक्का पञ्जा २’ लाई यसो तेश्रो श्रृंखलालाई भन्दा क्युएफएक्सले ६ शो बढी उपलब्ध गराएको छ ।

कमेडी र ग्रामिण भेगमा शैक्षिक महत्वलाई उठाइएको यस चलचित्रलाई दिपक राज गिरी र दिपाश्री निरौलाको समूहलले निर्माण गरेको हो। चलचित्रमा दिपाश्री निरौला, दिपकराज गिरी केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, दिपीका प्रसाई लक्ष्मी गिरी लगायत अन्य कलाकारहरुको पनि अभिनय रहेको छ।

Comments

comments