५८ वर्षिय बोगटीको असामयिक निधन : दाहसंस्कारको लागि अन्तिम तयारी

217

इन्द्रेणी न्युज, काठमाडौं। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ। आज बिहान करिब ११ बजेर ३० मिनेट जादा बोगटीको निधन भएको हो। ५८ वर्षका बोगटिको टिकाथलीस्थित आफ्नै निवास अगाडि खोलाको किनारमा रहेको पिपलको रुखले बिजुलिको पोलमा ढक्कर दिदा ट्रान्सफर्मरले टाउकोमा र उक्त बिजुलिको पोलले पेटमा बजारीदा उनको मृत्‍यु भएको प्रत्यक्षदर्शीले बताए।

बोगटिको घर अगाडि खोलाको किनारमा रहेको उक्त पिपलको रुख काट्न स्थानीय बासिन्दालाई निर्देशन दिएका थिए। खोलाको किनारमा रहेको ४ वटा रुख मध्य एउटा रुख काटिसकेर बोगटी घर गएका थिए। घर गएका बोगटी पुन: रुख काटेको ठाउँमा आएर छरछिमेकीलाई थप निर्देशन दिदैगर्दा बोगटिमाथी उक्त घटना घट्न गएको काजी नाम गरेका स्थानिय बासिन्दाको भनाइ छ।

बुझिएअनुसार बोगटिको उक्त पोल र ट्रान्सफर्मरले लाग्ने बितिकै प्राण गैसकेको थियो। आफ्नै निवासमा प्राण छोडिसकेका बोगटिलाई उपचारको लागि करिब १३ मिनेटमा बि एण्ड बि हस्पिटल पुर्‍याइएको थियो। बि एण्ड बि हस्पिटलले बोगटिको प्राण नरहेको दावी गरेपछी बोगटिलाई पोस्टपार्टमा लागि पाटन अस्पताल लगिएको हो। अहिले पोस्टपार्टम लागि बोगटिलाई पाटन अस्पतालमा राखिएको छ।

रामकेशर बोगटीको असमायीक निधन हुँदा सम्पूर्ण फिल्म क्षेत्र शोकमा डुबेको छ । स्वर्गिय रामकेशर बोगटीप्रति हार्दिक श्रद्धा सुमन !

Comments

comments