बैतडीका किशोरीहरुलाई आत्मरक्षा तालिम

51

बैतडी, असोज २६
ईश्वर बोहरा । बैतडीका किशोरीहरुलाइ आफुमाथी पर्न सक्ने बिभिन्न किसिमका घटनाहरुबाट जोगिन आत्मरक्षा तालिम दिइएको छ । महिलामाथि हुने बिभिन्न किसिमका बलात्कार, जबरजस्ती जस्ता जघन्य अपराधका घटना बढ्दै गएपछि मंगलबार देखि किशोरीहरुका लागि आत्मरक्षा तालिम संचालन गरिएको हो ।राष्ट्रिय खेलकुद परिषदको आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजना गरीएको कार्यक्रममा तीन सय किशोरीहरुको सहभागिता रहेको थियो । महिलालाई आत्मविश्वासी बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने किशारीको सहभागिता रहेको थियो । तीन दिन सम्म चल्ने आत्मरक्षा सम्बन्धी तालिमले उनीहरुलाई आत्म रक्षाका लागि सक्षम बनाउनुका साथै आत्मविश्वासी पनि बनाउने “कुरोदय मार्सलआर्ट एशोसिएसन”का महासचिव एवम प्रमुख प्रशिक्षक सुरेन्द्र सिँह बिष्टले बताउनुभयो । ‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नाराका साथ भएको राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमले किशोरीहरुले आत्मरक्षा सिप सिक्नुका साथै खेलकुदमा समेत सहभागिता बढ्ने जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीको भनाइ छ ।               आगामी दिनमा किसोरीहरु माथी घट्ने बलातकार जस्ता घटनाहरु न्युनिकरणका लागी जिल्लाका १० ओटै स्थानिय तहका किसोरीहरुलाइ यो तालिम दिन आफुले पहल गर्ने अध्यक्ष भण्डारीको भनाइ छ । तिन दिन मात्रै भए पनि यस तालिममा सहभागी किसोरीहरुले धेरै कुरा जान्ने र सिक्ने मौका पाएका छन । यस तालिम पश्चात किसोरीहरु आफुमाथी कसैले बलात्कार वा जबरजस्ती गर्न खोजेमा त्यस्ता ब्यक्तीबाट किसोरीहरु सजिलै उम्कीन सक्ने बिस्वास गरिएको छ ।

         तालिम लिएपछी आफुले धेरै कुरा सिकको को र आत्मा रक्षाका लागी आफु कसरी सुरक्षीत हुने भन्ने बिषयमा सिक्ने मौका पाएकोले यदी कसैले आक्रमण गर्न खाजेमा तुरुन्त प्रतिकार गर्नसक्ने सिप सिकेको तालिममा सहभागी किसोरी पुर्णमा भट्ट बताउछिन ।

Comments

comments