‘ए मेरो हजुर-३’को दुई पोस्टरमा हेर्नुस् अनमोल र सुहानाको जोडी

69

इन्द्रेनी न्युज, काठमाडौं। चैत्र २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘ए मेरो हजुर-३’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीवार चलचित्रकी निर्देशक झरना थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्रको दुई पोस्टर सार्वजनिक गरेकी हुन्। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र अनमोल केसी र सुहाना थापालाई रोमान्स मुडमा प्रस्तुत गरिएको छ भने उक्त पोस्टरमा अनमोलको हातमा गितार छ भने छेउमा सुहाना छिन् । अनमोलको हातमा गितार रहेको हुदाँ यो फिल्म म्युजिकल लभ स्टोरीमा आधारित बन्ने अनुमान लगाउन सकिन्छ ।

असोज २६ गते शुक्रबारबाट छायांकन शुरु गरिने यस चलचित्रमा सुनिल कुमार थापाको निमार्ण र अभिनेत्री झरना थापाको निर्देशन रहने छ। आफनै होम प्रोडक्सनबाट निर्माण हुन लागेको यस चलचित्र मार्फत निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना थापाले यसै चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्न लागेकी हुन्। चलचित्रमा सुहाना र अनमोल केसीको मुख्य भूमिका रहनेछ।

चलचित्रमा कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, निर्देशक थापा र सुमन पौडेलको कथा रोशन श्रेष्ठको द्वन्द्व,सञ्जय लामाको छायांकन रहने छ। चलचित्रमा अनमोल र सुहानाको अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायत अन्य कलाकारहरुको पनि अभिनय रहने छ।

Comments

comments