प्रचण्ड र अाेलीले तताए बनेपा महाेत्सब !

163

इन्द्रेणी न्युज, काठमाडौं। नक्कली प्रचण्ड बनेर निकै लाेकप्रियता कमाएका हास्य अभिनेता तथा रङ्गकर्मी घनश्याम गाैतम र छाेटाे समयमै के पी अाेलीकाे अभिनय गरेर चर्चा बटुलीरहेका कलाकार सुरेश तिमल्सिना यति बेला “प्रचण्ड अाेली गठबन्धन” नामकाे प्रहसन लिएर विभिन्न स्टेजहरुमा ब्यस्त हुन थालेका छन्।

झ्याइकुटी झ्याइ, मेरी बास्सै लगायत थुप्रै सिरियलमा प्रचण्डकाे अभिनय गरिसकेका कलाकार गाैतम र टेन टु फाईभ कमेडि सिरियलमा सँगै काम गरेका ओली अहिले “प्रचण्ड अाेली” जाेडीका रुपमा निकै परिचित छन्।

यहि असाेज २५ गते बनेपा महाेत्सबमा प्रचण्ड र अाेली अाउँदै भन्दा धेरै दर्शक झुक्किएका थिए। बनेपा महाेत्सब हेर्न अाउने दर्शकहरु स्टेजमा हसाउन थालेपछि मात्र नक्कली नेताहरु रहेछन भन्दै मरिमरि हाँस्न थाले।

झ्वाट्ट हाउभाउ र पाेसाक हेर्दा प्रचण्ड र अाेली जस्तै दुरुस्तै देखिने कलाकार द्वय गाैतम र तिमल्सिनकाे याे जाेडिलाई अहिले दर्शकले निकै रुचाइरहेका छन्।

२०५१ साल देखि रेडियाे नेपालकाे बाल कार्यक्रम र नाटक बाट अाफ्नाे कलाकारिता सुरु गरेका गाैतम अहिले हाक्का हाक्की, ख्याल ठट्टा, गाेलमाल लगायतका कमेडि सिरियल र ठुलाे पर्दामा समेत अभिनय गर्न ब्यस्त छन् भने सुरेश तिमल्सिना कलाकारिता बाहेक अाफ्नाे ब्यवशायमा बढि ब्यस्त छन्। घनश्याम गाैतम र सुरेश तिमल्सिनालाई अाजभाेली अाफ्नाे नाम भन्दा पनि नक्कली प्रचण्ड र नक्कली केपी अाेली भनेर बढि चिनिने गरिन्छ।

Comments

comments