गाँउपालिका लेखाप्रमुख भटट् माथि हातपात

148

नरेन्द्र विष्ट
२६ असोज, बैतडी।
जिल्लाको सुर्नया गाउँपालिकाका लेखा प्रमुख माथि स्थानिय युवाहरुले कार्यालय परिसर भित्रनै हातपात गरेका छन्। शुक्रबार दिउसो एक वजे तिर तिनचार जना युवाको समुह कार्यकक्ष भित्र प्रवेस गरि गाली गलौज गर्नुका साथै हातपात गरेको सुर्नया गाउँपालिकाका लेखा प्रमुख भवानी प्रशाद भटट्ले जानकारी दिएका छन् । विना कुनै प्रशंग युवाहरुले एकासी गाली गलौज गरे र सिधै हातपात गरे हातपात बाट मोबाईल फुटेको र लुगा च्यातिएको छ लेखा प्रमख भटट्ले भने ।

विना प्रशंग आफुमाथि भएको यो घटनाले आफुलाई अशुरुक्षा भएको भन्दै लेखा प्रमुखले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीलाई शुरुक्षाको माग समेत गरेको छ । घटनाको जानकारी आएलगतै शंकरपुर प्रहरी चौकीलाई खबर गरि प्रहरी पठाएको हुदा एकिन जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Comments

comments