स्पेनको चार सहरमा दिपकदीपाको ‘छका पन्जा-३’ लाग्ने पक्का

80

इन्द्रेणी न्युज, काठमाडौं। कमेडी जनरामा निर्माण भएको चलचित्र हो ‘छक्का पन्जा-३’। यस चलचित्रलाई निर्देशक दीपाश्री निरौला निर्देशन गरेकी हुन्। घटस्थापनाको दिनदेखी सार्वजनिक प्रदर्शनमा आएको यस चलचित्र यतिबेला नेपालका हलहरुमा सफलताका साथ चलिरहेको छ । नेपालमा प्रदर्शन हुँदैगर्दा यो चलचित्र अब अन्तर्राष्ट्रिय शो हरु पनि सुरु हुने भएको छ भने चलचित्रले स्पेन प्रदर्शन सेड्युअल तय भएको छ ।

पछिल्लो क्रम स्पेनमा नेपाली चलचित्र मार्केट फस्टाउँदै जाँदा एकपछि अर्को गर्दै हरेक महिना जसो चलचित्र प्रर्दशन हुने क्रम बढ्दो छ । सोहि क्रममा यसअघि कृ, लिलिबिली, रमकहानी लगायतका आधा दर्जनबढि चलचित्र स्पेनमा प्रदर्शन गराइसकेको कम्पनी सारा इभेन्ट इन्टरटेन्मेन्टले ‘छक्का पञ्जा ३’ स्पेनको चार सहरमा प्रर्दशन गर्ने भएको हो ।

सारा इभेन्टका मेघनाथ ढकालले स्पेनको राजधानी म्याड्रीडसँगै बार्सिलोना, बेनिड्रोम र विल्वाओ गरि चार शहरमा ‘छक्का पञ्जा ३’ को प्रर्दशन निश्चित भएको जानकारी गराए ।

नोभेम्बर ५ मा बेनिड्रोममा चलचित्र प्रदर्शन हुनेछ भने नोभेम्बर ११ तारीखमा म्याड्रीडबासी नेपालीमाझ चलचित्र देखाइने छ । अन्य दुइ शहरको प्रदर्शन मिति तय हुन बाँकी रहेको ढकालले बताए । चार शो भइसक्दा थप दर्शकको माग भएमा अन्य शोजहरु थप गरेर चलचित्र प्रदर्शन गर्ने लक्ष्य सारा इभेन्टले राखेको छ ।

चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्घि तामाङ, प्रियंका कार्की, नीर शाह लगायतका कलाकारहरु लिड अभिनयमा छन् ।

Comments

comments