सशस्त्र प्रहरीका ६ जना (एसएसपी) (डीआईजी) मा बढुवा (पत्रसहित )

50

काठमाडौं, ७ कात्तिक । सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन्। भावी आईजीपीसँग जोडिएकाले पनि यो बढुवालाई अत्यन्तै महत्वका साथ हेरिएको छ। गृह मन्त्रालयद्वारा गठित बढुवा समितिले मंगलबार राति बढुवा सिफारिस गरेको हो। सशस्त्र प्रहरी बलका एसएसपीहरु क्रमशः प्रजाभक्त श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, गोविन्द क्षेत्री र चन्द्रप्रकाश गौतम डीआईजी बढुवाको लागि सिफारिस।

बढुवा समितिमा गृहसचिव प्रेमकुमार राई अध्यक्ष, आईजीपी शैलेन्द्र खनाल सदस्य र एआईजी नारायणबावु थापा सदस्य सचिव थिए।

Comments

comments