आखिर किन हतार हतार गरेर भारत जाँदैछन् प्रचण्ड ? यस्तो छ कारण!

51

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड भोलि भारत जाने भएका छन् । इण्डिया फाउण्डेसनले आयोजना गर्न लागेको कार्यक्रममा सहभागि हुन उनी भारत जान लागेका हुन ।

प्रचण्डले तीनदिनसम्म चल्ने सम्मेलनको मूल उद्घाटन समारोहमा प्रमुख अतिथिकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

इण्डिया फाउण्डेसनले यसवर्षको मुख्य नारा “नागरिकको घोषणापत्र– विचारहरुको मन्थन” भन्ने रहेको छ । कार्यक्रम भोली अक्टुबर २६ देखि २६ अक्टोबर सम्म चल्ने बताइएको छ । तर, प्रचण्ड भने भोलि नै उद्घाटन कार्यक्रमलार्इ सम्बोधन गरि भोलि नै स्वदेश फर्कने कार्यक्रम छ ।

इण्डिया आइडिया कन्क्लेभ नाम दिइएको सम्मेलनमा राजनीति, मिडिया, आर्थिक तथा सामाजिक क्षेत्रका चार सय भन्दा बढी विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रित गरेको आयोजकले जनाएका छन् । यस्तो छ कार्यतालिका

Comments

comments