जन्मदिन विशेषः जो क्रिकेट खेल्नै चाहँदैनथे, यसरी बने संसारकै महान विकेटकिपर

34

एजेन्सी। श्रीलंकाका महान विकेटकिपर ब्याट्सम्यान कुमार सांगाकारा शनिबार २७ अक्टोबरका दिन आफ्नो ४१ औं जन्मदिन मनाउँदैछन् । सांगाकाराले क्रिकेटको मैदानमा कैयौं उपलब्धी हासिल गरेका छन् । यही कारण उनलाई क्रिकेटका सर्वकालिन महान खेलाडीमा गनिन्छ । श्रीलंकाको राष्ट्रिय टिमका पूर्वकप्तान सांगाकाराको करिअर हिमालझैं विशाल छ ।

यी बायाँहाते ब्याट्सम्यानले १३४ टेस्टमा ३८ शतक र ५२ अर्धशतकसहित १२ हजार ४ सय रन बनाएका छन् । उनको टेस्टमा सर्वाधिक स्कोर ३१९ रन छ । वन डेमा सांगाकाराले ४०४ खेलमा श्रीलंकाको प्रतिनिधित्व गरेका छन् । उले वन डेमा २५ शतक र ९३ अर्धशतकसहित ४ हजार २ सय ३४ रन बनाएका छन् । त्यस्तै ५६ टि–२० अन्तर्राष्ट्रियमा उनले ८ अर्धशतकसहित १३८२ रन बनाएका छन् ।

टेस्ट करिअरमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको सूचीमा सांगाकारा छैटौं स्थानमा छन् । उनीभन्दा अगाडि पहिलोबाट क्रमशः भारतका सचिन तेन्दुलकर, अस्ट्रेलियाका रिकी पोन्टिङ, दक्षिण अफ्रिकाका ज्याक कालिस, भारतका राहुल द्रविड र इङल्याण्डका एलिस्टर कुक छन् । वन डेमा भने सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा उनी दोस्रो छन् । उनीभन्दा अगाडि क्रिकेटका भगवान सचिन तेन्दुलकर मात्र छन् ।

आफ्नो करिअरमा कुमार सांगाकाराले कैयौं रेकर्ड बनाएका छन् जसका कारण उनलाई क्रिकेटका महान खेलडी मानिन्छ । तर, रोचक त के भने क्रिकेटर बन्नु सांगाकाराको प्राथमिकतामा थिएन । उनलाई क्रिकेटर बन्ने चाहना थिएन यद्यपि उनले ७ वर्षको उमेरमा क्रिकेट खेल्न सुरु गरेका थिए । उनी मात्रै रमाइलोका लागि क्रिकेट खेल्थे । सांगाकाराले कैयौं अन्तरवार्तामा भनेका छन् कि उनी वकिल बन्न चाहन्थे । उनले कहिल्यै क्रिकेटर बन्ने विषयमा सोचेका थिएनन् । तर, सानै उमेरदेखि क्रिकेट खेल्न थालेका कारण उनको यो खेलप्रति लगाव बढ्दै गयो र उनले यसमा सफलता पनि पाए ।

सफलता पाउँदै गएपछि सांगाकारा क्रिकेटप्रति गम्भीर हुन थाले । त्यसपछि उनको चयन ट्रिनिटी कलेजको अण्डर १३ टिममा भयो । त्यसपछि बायाँहाते यी ब्याट्सम्यानले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्न थाले । केही वर्षपछि राष्ट्रिय टिमका चयनकर्ताको ध्यान सांगाकारातर्फ तानियो । २२ वर्षको उमेरमा सांगाकारा राष्ट्रिय टिममा छनोट भए । सांगाले ५ जुलाइ २००० मा पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय डेब्यू गरे । त्यसपछि सांगाले कहिल्यै पछाडि फर्केर हेरेनन् र विश्वका दिग्गज बलरको अगाडि पहाड भनेर उभिए ।

सांगा कभर ड्राइभ सटका लागि माहिर मानिन्छन् । विश्वका कैयौं महान क्रिकेटर पनि उनको यो सटको फ्यान छन् । यी बायाँहाते ब्याट्सम्यान विश्वका दोस्रो यस्ता ब्याट्सम्यान हुन् जसले टेस्ट क्रिकेटमा सबैभन्दा धेरै दोहोरो शतक प्रहार गरेका छन् । डन ब्रेडम्यानले टेस्टमा सबैभन्दा धेरै १२ दोहोरो शतक हानेका छन् भने सांगाले दोहोरो शतक हानेका छन् । यसका अलावा सांगाकाराले महेला जयवर्धनेसँग ६२४ रनको साझेदारी गरेका छन् जो टेस्ट क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी हो ।

यी दिग्गज ब्याट्सम्यानको नाममा एउटै विश्वकपमा लगातार ४ शतक प्रहार गर्ने रेकर्ड पनि छ । २०१५ को विश्वकपमा उनले यो चमत्कार गरेका थिए र यही नै उनको अन्तिम वन डे विश्वकप थियो । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै स्टम्पिङ गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनीभन्दा अगाडि भारतका महान विकेटकिपर महेन्द्र सिंह धोनी छन् । वन डे क्रिकेटमा विकेटपछाडि क्याच लिएर शिकार गर्ने काममा भने उनलाई धोनीले पनि जित्न सकेका छैनन् । उनले वन डेमा विकेटपछाडि ४०२ क्याच लिएका छन् भने धोनीले ३०७ क्याच लिएका छन् ।

Comments

comments