सुशान्त र मरिस्का पोखरेलको ‘हिस्सी परेकी’ सार्वजनिक (हेर्नुस् भिडियो)

40

इन्द्रेणी न्युज, काठमाडौं। राम्रा गीत श्रृजना गर्ने गीतकारका रुपमा चिनिएका गोपी दाहालको पछिल्लो गीत ‘हिस्सी परेकी’ सार्वजनिक भएको छ। गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो।

दर्पण मिडियाको प्रस्तुति र एन के ब्रोदरसको संगीत रहेको गीतमा गोपी दाहाल र किशु गुरुङले स्वर दिएका छन्। भिडियो भने ठुलो पर्दामा पनि देखिएका अनुहार सुशान्त कार्की, मरिस्का पोखरेल, यादब देबकोटा (सरापे), इश्वर बल्लब उप्रेती र कृष्ण चौधरी लगायतको अभिनय देख्न सकिन्छ ।

जनता डिजिटल एण्ड फिल्मस्ले निर्माण गरेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । निश्चल केसीको कोरियोग्राफी, बिदुर पाण्डे (नबिन)को छायाँकन रहेको भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।

गीतकार गोपीका यस अगाडि बिस्व सुन्दरी, कालो कालो केश, हाम फालेर आउ, इटहरीको सुकुटी र बसाई सर मेरी माया जस्ता गीतहरुमा बजारमा हिट मानिएका छन् । ‘हिस्सी परेकी’ गीत गीतकार गोपीले आफ्नै यूउटुब च्यानल दर्पण मिडियाबाट सार्बजनिक गरेका हुन्।

हेर्नुस् भिडियो:

Comments

comments