बिहेको तयारी गर्दै बाहुबली प्रभास

80

एजेन्सी । बाहुबली फिल्मबाट नेपालमा पनि चर्चित बनेका साउथ इण्डियन अभिनेता प्रभासाले पनि बिहेको तयारी गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । उनको बिहेबारे फेरि अहिले निकै चर्चा भएको छ ।

यसअघि बाहुबली २ रिलिज भएपछि उनले बिहे गर्ने चर्चा थियो । तर, सो चर्चा त्यसै सेलायो । किनभने उनले हालसम्म बिहे गरेका छैनन् ।
हाल प्रभास ‘साहो’ फिल्मको शूटिंगमा व्यस्त छन् ।

मिडिया रिपोर्टअनुसार उनी सो फिल्मको रिलिजपछि बिहे गर्ने तयारीमा छन् । समाचारअनुसार उनी २०१९ मा बिहे गर्नेछन् । उनले आगामी वर्ष बिहे गर्ने चर्चा चलेपनि दुल्हन को हुन्छ भन्नेबारे केही खुलासा भएको छैन।

उनको पारिवारिक स्रोतले भनेको छ, ‘बाहुबली २ रिलिजपछि उनी बिहे गर्न चाहन्थे तर, साहे फिल्मका कारण हुन सकेन ।’ साहोका लागि प्रभासले निकै समय दिएका थिए । त्यसै कारण उनले आफ्नो बिहेसमेत स्थगित गरेको बताइन्छ ।

बाहुबलीका कारण उनले बिहेका लागि ६००० सम्बन्ध अस्वीकार गरेकोसमेत बताइन्छ । बाहुबलिको शूटिंगका क्रमा उनी र अनुस्का सेट्टीबीच लिंकअपको समाचारहरु चर्चामा रहेका थिए । तर, दबैले आफूहरु मित्रमात्र भएको बताउँदै आएका छन् । यो जोडीले बाहुबलीमा धुम मच्चाएको थियो ।

प्रभासको साहो फिल्म निकै प्रतिक्षा गरिएको आगामी फिल्म हो । यो आगामी वर्ष रिलिज हुने बताइएको छ । यसै फिल्मबाट श्रद्धा कपुरले साउथको फिल्ममा प्रवेशसमेत गरेकी छन् ।

यो फिल्मका लागि पहिला अनुस्का सेट्टीलाई लिने बताइएको थियो । तर, उनको तौल बढेकाले श्रद्धालाई लगिएको बताइएको छ ।
साहोमा नील नितिन मुकेश नेगेटिभ भूमिकामा देखिनेछन् ।

यसका साथै ज्याकी श्राफ, मन्दिरा बेदी, चंकी पाण्डे, महेश मांजेकर पनि देखिनेछन् । साहोमा प्रभास कयौं खतनाक स्टन्ट गरिरहेको देखिनेछन् । यसको एक सीन दुनिको सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलीफामा शूट गरिने बताइएको छ ।

Comments

comments