दसैँकाे धपेडीले प्रधानमन्त्री बिरामी : ४ दिनसम्म टीका लगाउनेकाे भीड

23

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई सास फेर्न असजिलो भएपछि सोमबार मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियाे ।


त्रिवि शिक्षण अस्पताल हातामा रहेको सेन्टरको मोबाइल कोरोनरी केयर युनिट (एमसीसीयू) मा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति ‘स्थिर’ रहेको चिकित्सकले बताएका छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्रीलाई अलिक बढी भीडभाड र धपेडी हुने खालका कार्यक्रममा सकेसम्म कम गर्ने हाम्रो प्रयास हुन्छ तर बाध्यताले कतिपय कार्यक्रममा उहाँ जानुपर्ने हुन्छ।’

पछिल्लो समय प्रधानमन्त्री ओलीको धपेडी निकै थियो। विशेषगरी दसैँको कार्यक्रममा उनी व्यस्त भएका थिए। नवमीको दिन गृहजिल्ला झापा पुगे। त्यहाँ पार्टीको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए। भोलिपल्ट कात्तिक २ देखि दसैँको टीका कार्यक्रममा व्यस्त भए। टीकाको दिन बिहान ९:४५ देखि १० बजेसम्म उनले बाबु मोहनप्रसाद ओलीको हातबाट टीका लगाए। दिउँसो १ बजेसम्म आफ्नो सचिवालयमा रहेका व्यक्तिलाई टीका लगाइदिए। र, राष्ट्रपतिसँग टीका लगाउन शीतलनिवास गए भने त्यसपछिका ४ दिनसम्म प्रधानमन्त्रीबाट टीका लगाउन बालुवाटारमा भीड लागेको थियो। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

Comments

comments