अपनाउनुहोस् अनुहारमा फाउन्डेसन लगाउने सही तरिका

249

काठमाडौं । पर्व तथा विवाहको मौसममा मेकअपलाई विशेष ध्यान दिने गरिन्छ। मेकअपको लागि फाउन्डेसन नभई नहुने सौन्दर्य सामग्री हो। साधारण समारोह देखि बेहुलीको मेकअप सम्ममा फाउन्डेसनलाई महत्वपूर्ण मानिन्छ।

अनुहारको रंग फरक फरक हुन्छ भने छालाको प्रकार पनि फरक फरक हुन्छ। बजारमा छालाको रंग र प्रकार अनुसार फरक फरक फाउन्डेसन उपलब्ध हुन्छ। आफ्नो छालाको रंग र प्रकार हेरेर फाउन्डेसन किन्नुपर्छ। होइन भने, मेकअप एकदमै भद्दा हुने, छालामा असर हुने आदि हुन सक्छ। फाउन्डेसन उपलब्ध हुने पसलमा सजिलै संग आफ्नो छाला अनुसारको फाउन्डेसन पाउन सकिन्छ।

फाउन्डेसन मुख धोएपछि लगाइहाल्ने गर्नु हुँदैन। यसो गर्दा फाउन्डेसन नसर्ने, छालाको रंग एकनास नदेखिने, फाउन्डेसन पेन्ट जस्तो देखिने आदि समस्या हुन्छ। त्यसैले मुख धोइसकेपछि सुरुमा मोस्चराइजर लगाउनुपर्छ। यसको लागि कुनै विशेष तेल या क्रिम प्रयोग गर्न सकिन्छ।

यसको प्रयोगले फाउन्डेसन लगाएपछि पनि छालाको चमक बढ्छ र फाउन्डेसन लगाउँदा फाउन्डेसन सजिलोसंग छालामा फैलिन्छ। त्यसपछि प्राइमरको रुपमा कुनै जेल या क्रिम लगाउनुपर्छ। यसले फाउन्डेसन लामो समयसम्म टिक्छ । फाउन्डेसन लगाउँदा औंला या हातले नफैलाई, क्रिम लगाउने कुनै सामग्रीले राम्रोसंग लगाउनुपर्छ।

Comments

comments