चितवन र धनगढीको दोस्रो जीत

25

कास्की, कात्तिक १५। कात्तिक ९ गतेदेिख पोखरा रङ्गशालामा जारी पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगितामा आजका दुई खेलमा चितवन राइनोज र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् ।

समान चार खेल खेलिसकेका दुवै टोलीका लागि आजको जीत दोस्रो हो । प्रतियोगितामा दोस्रो जीतको खोजीमा रहेको एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ । टस जीतेर ब्याटिङ रोजेको धनगढीले कप्तान दीपेन्द्रसिँह ऐरीको ५६ रनको योगदानबाट चार विकेटको क्षतिमा १६१ रन बनाएको थियो । बुटवलले जीतका लागि मैदानमा उत्रिदा पूरै ओभर खेल्दै छ विकेट गुमाई १४१ रनमा समेटीएको थियो ।

बुटवलका चिराग सुरीले ५४ बलमा १२ चौका र एक छक्कासहित ७९ रनको योगदान दिलाए पनि टिमलाई जीतलाई जिताउन सकेनन् ।

यसअघि भएको आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गरेको थियो । टस हारेर पहिला ब्याटिङ पाएको चितवनले २० ओभरमा ५ बिकेट गुमाउँदै १४९ रनको योगफल तयार गरेको थियो । चितवनलाई विजयी बनाउन ओपनरका रुपमा आएका हरिशङ्र शाहले ६० रन बनाउदै शसक्त ब्याटिङ गरेका थिए । शाहको अर्धशतकको मद्दतले चितवनले बुधवारको खेल जितका लागि सफलता दिलाएको थियो । खेल जित्नका लागि १५० रनको लक्ष्य पछ्याएर ब्याटिङमा आएको काठमाडाँैले पूरै ओभर खेल्दै नौ बिकेट गुमाएर १३६ रन बनायो । काठमाडौँका गौरव तोमारले ३५ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३९ रन बनाए ।

मेयर कपको उपाधि मातृभूमिलाई
भोजपुर ः सदरमुकाममा सञ्चालन भएको प्रथम मेयर कप महिला फुटबल प्रतियोगीतामा मातृभूिम कृषि फर्मले जीत हात पारेको छ ।
जीतसँगै मातृभूमिले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै उपविजेता बनेको हतुवागढी गाउँपालिका घोरेटारले रु ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आज भएको फाइनल खेलमा मातृभूमिले हतुवागढीलाई ४–० ले पराजित गरेको हो । कात्तिक ११ गतेबाट शुरु भएको प्रतियोगीतामा ६ टिमले सहभागीता जनाएका थिए । भोजपुर जिल्ला फुटबल सङ्घले आयोजनामा भएको प्रतियोगीताको प्रायोजन भोजपुर नगरपालिकाले गरेको हो ।

फुटबल प्रतियोगिता शुरु

दमौली तनहुँको भीमाद नगरपालिका–८ स्थित नवप्रभात युवा क्लबको आयोजनामा आजदेखि फुटबल प्रतियोगिता शुरु भएको छ ।
सेभेन ए साइड फुटबल प्रतियोगिताका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्नु भएको थियो । प्रतियोगिताको आजका खेलमा भिमाद युवा क्लवललाई दोभान युवा क्लवले १–० गोलले र चैनपुर युवा क्लवलाई पोखरा युवा क्लवले १–० गोलले पराजित गरेको छ ।

सो कार्यक्रममा मन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । हरेक स्थानीय तहमा एउटा खेल मैदान बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उहाँले स्थानीय सरकारसँग मिलेर काम गर्ने बताउनुभयो । कात्तिक २० गतेसम्म चल्ने सो प्रतियोगितामा १२ टीम सहभागी रहेका र विजेतालाई रु २० हजारसहित ट्रफि तथा उपविजेतालाई रु १५ हजारसहित ट्रफि पुरस्कार प्रदान गरिने छ ।

Comments

comments