इटहरीमा ६ बर्षीया बालिका बलात्कृत

92

इटहरीमा फेरी अर्को बालिका बलात्कारको घटना बाहिरिएको छ । इटहरी ५ स्थित काव्यबाटिकाका १८ बर्षीय भवानी आचार्यले स्थानीय ६ बर्षीया बालिकालाई बलात्कार गरेको खुलेको हो । ११ कक्षामा अध्ययनरत रहेका आचार्यले बालिकालाई जर्बजस्ती रुपमा करणी गरी बलात्कार गरेको स्थानीयबासीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिब कुमार श्रेष्ठका अनुसार घटना केही समय पहिलेको भएपनि शनिबार मात्र उजुरी परेपछि पीडक पक्राउ परेका छन् । ‘हामीले आज उजुरी परेपछि पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौँ ।’

डिएसपी श्रेष्ठले भने । गत कात्तिक ७ गते मात्रै पनि इटहरीमा १४ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २६ बर्षीय नवीन बिक पक्राउ परेका थिए । दिनानुदिन बलात्कारको घटना सार्वजनिक भइरहेको समयमा पनि यतिबेला देशैभरी बलात्कारको घटना बढिरहेको छ ।

Comments

comments