सन्दीप लामिछाने परे कारबाहीमा,अब के होला ?

144

कााठमाडाै‌, कात्तिक १८ । पोखरा प्रिमियर लिग पिपिएल क्रिकेटमा अम्पायरमाथी अभद्र व्यवहार गरेको अारोपमा सन्दीप लामिछाने कारबाहीमा परेका छन । सन्दीप मात्र नभइ बाँकी ३ जना खेलाडी पनि अनुशसन उल्लंघनको अारोमा कारबाहीमा परेका छन ।

शनिबार पोखरा रंगशालामा भएको खेलमा अभद्र व्यवहार गरेका विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछानेलाई आइसिसी आचार संहितअनुसार कारबाही गरिएको पिपिएलले जनाएको छ।

खेलमा अम्पयरसँग नो बलको वि‍षयमा विवाद गरेका सन्दीपको १ अंक घटाइएको छ। चितवन टाइगर्सविरुद्धको खेलमा विराटनगरका किशोर महतोको बललाई अम्पायरले नो बल दिएपछि सन्दीपले विवाद गरेका थिए। सन्दीपसँगै बलर किशोर महतोको पनि १ अंक घटाइएको छ । यस्तै अम्पायरसँग विवाद गरेका चितवनका खेलाडी सनी पटेल र हुलास काठमाडौं रोयल्सका अमनरसिंह राटेउला पनि कारबाहीमा परेका छन्। उनिहरुको पनि १ अंक घटाइएको छ।

Comments

comments