दार्जिलिङ छायांकन सकेर काठमाडौं आइपुग्यो प्रदीप र जसिताको ‘लभ स्टेशन’

74

इन्द्रेणी न्युज, काठमाडौं। पछील्लो समय दर्शकले निकै रुचाएको जोडी हो जसिता र प्रदीप। लिली विली चलचित्र बाट लोकप्रियता हाँसिल गरेका यी जोडी सबै दर्शकको मनमा बसेका जोडी हुन्। लिली बिली बाट दर्शकले अत्याधिक रुचाएपछी यी जोडीलाई लिएर निर्माता गोबिन्द शाहीले हाल निर्माण गरिरहेको चलचित्र ‘लभ स्टेशन’ हो। दार्जलिङमा छायांकन सकेर फर्किएको यस चलचित्रको यतीबेला काठमाडौंमा छायाँकन भईरहेको छ। चलचित्रको दुई ओटा गीत बाहेकको बाँकी छायाँकन तिहार अघि नै काठमाडौंमा सकाउने गरी काम भैरहेको निर्माण युनिटले बताए।

शाहीका अनुसार काठमाडौंको बाँकी १० प्रतिसत छायाँकन यतीबेला भईरहेको छ । तीहारसम्ममा काठमाडौंको छायाँकनसम्पन्न गर्ने यसका निर्माता गोविन्द शाहीले बताएका छन् ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिसत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिसत छायाँकन सकेर चलचित्र चलचित्र ‘लभ स्टेशन’को युनिट २ दिन अघि काठमाडौं आएको हो । चलचित्रको १२ आसोजबाट दर्जिलिङ देखि छायाँकन सुरु गरिएको थियो ।

‘हामीले लक्ष्मीपुजासम्म करिब ९० प्रतिसत छायाँकन सक्दैछौं । अब तिहार पछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै चलचित्रको छायाँकन सम्पन्न गर्नेछौं ।’ निर्माता शाहीले भने,‘हामीले तोकेको निर्धारित ४५ दिन भित्रै चलचित्रको सम्पूर्ण छायाँकन सम्पन्न हुँदैछ । लभ स्टेशनलाई अब यो बर्षको अन्तिमसम्ममा हामी देश व्यापी सिनेमा हलमा रिलिज गर्नेछौं ।’

चलचित्र निर्देशक उज्ज्वल घिमिरेका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो । जसमा प्रदीप, जसिताले अहिलेसम्मकै राम्रो काम यसमा गरेको पनि निर्देशक घिमिरेको भनाई छ । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

पारिवारिक प्रेमकथामा अाधारित रहेर निर्माण गरिएको चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

Comments

comments