‘डोली’को पहिलो पोस्टर सँगै प्रदर्शन मिति तय

51

इन्द्रेणी न्युज, काठमाडौं। सामाजीक प्रेमकथामा निर्माण भएको चलचित्र ‘डोली’को पहिलो पोस्टर सँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ। शनिबार सामाजिक संजाल फेसबुक मार्फत चलचित्रको पहिलो पोस्टर सँगै प्रदर्शन मिती तय गरिएको यस चलचित्र आगामी मंसिर २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको हो।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा किरण नेपालीले निर्माण गरेको यस चलचित्रमा राजबहादुर सानेको निर्देशन र कथा रहेको छ। सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको यस चलचित्रमा जयराम थापाको छायांकन, शंकर महर्जनको द्धन्द्ध र श्रीकृष्ण परियारको कोरियोग्राफी रहेको छ।

यसअघि लाटी, बृन्द्राबन,बिरंगानालगायतका चलचित्र निर्देशन गरेको निर्देशक सानेले डोलीमा भरपुर मनोरञ्जनका साथमा समाजोपयोगी सन्देश समेत रहेको बताउँछन् । चलचित्रको बितरण आरआर फिल्मस् र जिजिए गु्रपले गर्दैछ ।

चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान,अर्जुन गुरुङ,नवीन रेग्मी,प्रशान्त भण्डारी,दामोदर खतिवडा,प्रिया रिजाल,हिउँवाला गौतमलगायतका कलाकारहरुको अभिनय रहेको छ।

Comments

comments