वामपन्थी नेता पद्मरन्त तुलाधरकाे निधन

41

काठमाडाैं। पूर्वमन्त्री तथा वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएकाे छ। काठमाडाै‌काे थापाथलीस्थित नर्भिक अन्तर्राष्टिय अस्पतालमा उपचारकाे क्रममा नेता तुलाधरकाे निधन भएकाे हाे। ७८ वर्षिय तुलाधारकाे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकाे हो।

आइतबार अपरान्ह २:४ मिनेटमा निधन भएको अस्पतालले जनाएकाे छ। तुलाधर नेपाल भाषा तथा मानव अधिकार आन्दोलनका अगुवा हुन्।

मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उनको परिवारका एक सदस्यले राससलाई जानकारी दिए।

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए।

उनी पत्रकार तथा साहित्यकार पनि थिए। स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ।

Comments

comments