१२ खेलाडी फसेको थाइल्याण्डको गुफामा खिचिएको छ ‘ठग्स अफ हिन्दोस्तान’का धेरै दृश्य

43

एजेन्सी। आमिर खान र अमिताभ बच्चनको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को शुटिङ थाइल्याण्डको भयानक गुफाहरुमा भएको छ । यीमध्ये उक थाम लुआंग गुफा हो जो पहाडमा स्थित छ । यहाँ विषालु सर्प र बिच्छी पाइन्छन् । अमिताभ बच्चनजस्ता वृद्ध अभिनेता जसको उमेर ७६ वर्ष छ जसले फिल्ममा योद्धाको भूमिका निभाएका छन् । उनलाई गुफाभित्र जान निकै मुस्किल थियो । उनलाई पालकीमा बसालेर गुफामा लगिन्थ्यो ।

फिल्मका केही दृश्य यही गुफामै गएर गरिएको थियो । पछि भे फिल्म सिटी मुम्बइमा ठूला र गहिरा गुफाहरु बनाइयो । प्रोडक्सन डिजाइनर सुमित बसुका अनुसार वास्तविक गुफा जंगली इलाकामा छ जो विषालु जीवहरुबाट भरिएको छ । त्यसैले मुम्बइमा सेट बनाएर सुटिङ गर्नु उचित ठानियो । अभिनेताहरुको लागि पनि यो सुरक्षित रह्यो किनकि निर्माण पक्ष कुनै जोखिम लिन चाहँदैनथ्यो ।’

निर्माण टिमले मुम्बइमा विशाल गुफाहरु बनायो । गुफाभित्र मानिसहरु बस्ने व्यवस्थाको साथमा नदी पनि बनाइयो । फिल्म १७९०–१८२५ बीचको कहानीमा आधारित छ । त्यसैले गुफाभित्रका घर बाँस र पातबाट तयार गरियो जसबाट त्यो समयको लुक मिल्यो जो थाइल्याण्डको स्थानीय कलासँग मेल खान्थ्यो । थाइल्याण्डका अलावा फिल्मको सुटिङ माल्टामा पनि गरिएको छ जहाँ जहाज बनाइयो । जोधपुरको मेहरनगढ किल्लामा पनि शुटिङ भएको छ ।

किल्लामा क्रान्तिका सिन सुटिङ गरिएका छन् । किल्लालाई केही मेकओभर गरेर पुरानो समयको लुक दिइएको थियो । किल्लाभित्र बजार पनि बनाइयो । गुफा फिल्मका पात्रहरुको शरण स्थल हो । एक महिनासम्म गुफामा फिल्मको सुटिङ गरिएको थियो । यशराज प्रोडक्शनको यो फिल्म यही शुक्रबार रिलिज हुँदैछ ।

Comments

comments