कागे बाहुनको नामबाट परिचित रमेश दुलालले गरे रत्नपार्कमा १५औं काग सम्मेलन (फोटो फिचर)

152

इन्द्रेणी न्युज, काठमाडौं। आजबाट तिहार पर्व सुरु भएसँगै पहिलो दिन काग तिहार मनाइएको छ । यसका साथै मुखबाट कागको आवाज निकाल्न सक्ने कागे बाहुनको नामबाट परिचित रमेश दुलालले राजधानीको रत्नपार्कमा १५ औं काग सम्मेलन गरेका छन् । बिगत १५ बर्षदेखी काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यसबर्ष पनि कागलाई बोलाएर काग तिहार मनाएका हुन् ।

बिहान ६ः३० मा भएको कार्यक्रममा दुईसय बढी कागलाई दुलालले बोलाएका थिए । उनका अनुसार कागको भाषा बोलेर कागलाई आफुतिर बोलाउनु पर्छ । ‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ । कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले भने । संगीतकर्मिसंघको आयोजनामा भएको १५ औं काग सम्मेलनमा संगीतकर्मि संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले पनि काग तिहारको शुभकामना सहित दुलालको प्रसंसा गरेका थिए। हेरौ यी तस्विरहरु :

 
तस्वीर : गोपीकृष्ण चापागाई

Comments

comments