शंकर अधिकारी घायलसँग सात प्रश्न

31

इन्द्रेणी न्युज, काठमाडौं।  नेपाली चलचित्र लेखन तथा निर्देशन एवम संगीत क्षेत्रमा सिम्पल सिम्पल कान्छिको, मेरि बास्सै जस्ता हजारौ लोकप्रिय गीतका सर्जक तथा दजनौ चलचित्रका गीतहरुमा आफना शब्द दिइसकेका सफल रंगंकर्मी हुन् शंकर अधिकारी घायल। बिगत २ दशक देखी नेपाली कलाकारिता क्षेत्रमा नयाँ जोस र जागँरका साथ आएका उनि मनमा आटँ र काममा लगनशिलता भएको खण्डमा सवैले जुनसुकै क्षेत्रमा अब्बल स्थानमा पुग्न सकिने बताउँछन ।

समाजको परिवर्तन गर्न मुख्य भुमिका र समाजको ऐना बन्ने माध्यमा चलचित्र भएकाले पनि आफुले यस क्षेत्रमा निरन्तर रुपमा लागेको उनले बताए । गीत लेख्दा लेख्दै चलचित्र लेखनमा पाइला सारेका घायलले पहिलो चलचित्र ‘लभ इज लाइफ’ बाट आफनो रंगमञ्चको यात्रा तय गरे। तामाङ भाषाको जाथेवा,भोजपुरीमा ‘इ कैसन बौछार’ लेखे ‘गोरे’ मुभी लेखे सगैँ उनमालाई चलचित्रको निर्देशनको मोहले तान्यो र त्यसमा पाइला अगाडि बढाए, कस्मिक लभ मुभीमा सयुक्क्त रुपमा निर्देशन गरेपछी एकल निर्देशनमा मदहोश चलचित्रको निर्देशन गरे । उनै सफल गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारी घायल सगँ इन्द्रेणी न्युजले गरेको अन्तरङ्ग कुराकानी:

आजकाल के गदै हुनुहुन्छ ?
– म आज भोली मेरो नयाँ चलचित्र ‘मदहोश’को पोष्ट प्रोडक्सनको काममा नै लागी रहेको । जुन चलचित्र लार्ई सर्वोकृष्ट बनाउनको लागी निरन्तर लागी परेको छु । साथमा विभिन्न म्युजिक भिडियोको डाइरेक्सनको काममा ब्यस्त छु ।

कलाकारितामा धेरै क्षेत्रहरु छन् तर पनि निर्देशन पाटो नै रोज्नुभयो किन ?
– किनकी म सानै देखी नै अली फरक खालको थिए। समाजका विभिन्न घटनाक्रमलाई समेटेर कथा लेख्ने र त्यसलाई कसरी अन्य मानिस समक्ष पुयाएर आफनो कला देखाउन सकिन्छ भन्ने मनो भावना बाल्यकल देखी रहेको थियो । त्यसपछि मैले पहिलो पटक पहिलो चलचित्र ‘लभ इज लाइफ’ चलचित्र बाट आफनो रंगमञ्चको यात्रा शुरु गरे जुन चलचित्रको कारणबाट आजसम्म पनि यो क्षेत्रमा स्थापित भएको छु ।

तपाईको निर्देशन यात्रा कसरी सुरु भयो ?
– मैले जुन समयमा यस क्षेत्रमा आफनो पाइला अगाडि बडाए पक्कै पनि त्यो समयमा निकै ग्राहो रहेको थियो । विश्वासको बातावरण बनाउन सहज थिएन । तर निरन्तरको प्रयास , सहकर्मी साथीहरुको भुमिका आम दर्शक तथा स्रोताको माया र स्नेहको कारणबाट नै मलाई यसमा स्थापित बनायो ।

आफुले गरेको काम बाट कतिको सन्तुष्ट रहनुभएको छ ?
– म पुर्ण रुपमा सन्तुष्ट छु । जुन कामबाट आज मैले एउटा सफल काम गर्ने बातावरण सिर्जना र अग्रज निर्देशक, रंगकर्मीहरुको प्रेरणा पाएको छु ।

समाजले तपाईलाई हेर्ने दृष्टिकोणमा के फरक पाउनुभएको छ ?
– यसरी निर्देशन क्षेत्रमा अगाडि बढिरहेको अवस्थामा समाजले आफुप्रति हेर्ने दुष्टिकोणमा फरक छु। आफनो रचनालाई मन पराएर आफनो बारेमा बनेको सकारात्मक दृष्टिकोण बाट र आफुले गरेको कामबाट समाजका गतिविधीमा परेको छाप र गीत संगीतको क्षेत्रमा रहनुभएका अग्रज सष्टा तथा सहकर्मी सवैले प्रसंसा गर्दा खुशी लाग्छ ।

चलचित्र क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुुपर्छ ?
– सर्बप्रथम त हामी आफुमा सक्षम र एकजुट हुनपर्छ। कलाकारिताको सम्पुर्ण बिधालाइ एकै ठाउमा समेटेर सबैलाइ सेन्सर लगाएर पास गराउन पर्छ। बिकृत पक्षलाई कारबाही गर्न हिच्किचाउनु हुदैन। गलत कुरालाई गलत भनेर सरकारले उचित कानुनी निर्णय गर्नुपर्छ ।

अन्त्यमा तपाईंको भनाइ ?
– मलाई आफना मनभित्र गुम्सिएर रहेका तितामिठा कुराहरुलाई तपाईको लोकप्रिय अनलाईन मार्फत व्यक्त गर्नुभएकोमा आभारी छु ।

Comments

comments