काँग्रेसको अवरोधका बीच राष्ट्रियसभाद्वारा चिकित्सा विधेयक पारित

21

काठमाडौँ । नेपाली काङ्ग्रेसको अवरोधका बीच पनि राष्ट्रियसभाको आजको बैठकले चिकित्सा विधेयक पारित गरेको छ।

आफ्ना शीर्ष नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै काङग्रेसले आजको बैठक सञ्चालनमा अवरोध गरेको गरेको थियो। काँग्रेसको अवरोधका कारण आजको बैठक दुई पटकसम्म स्थगित बन्यो। पहिले १५ मिनेटसम्म स्थगित भएर बसेको बैठकमा काँग्रेसले अवरोध जनाउन नछोडेपछि पुनः आधा घण्टाका लागि बैठक स्थगि गरिएको थियो।

आधा घण्टापछि बसेको बैठकले काँग्रेसको अवरोधका बीच पनि चिकित्सा विधेयक पारित गरेको हो। यसअघि माघ दुई र सात गतेको बैठक पनि काङग्रेसले सोही कारण अवरुद्ध गरेको थियो।

मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौवटा ठूला अस्पताल सङ्घ अन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो। तर जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र (तनहुँ) र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय नगरेको बताइन्छ। यसमा काङग्रेसले आपत्ति जनाउँदै आएको थियो।

Comments

comments