रगत र पसिना एअरपोर्टमै ……

94

उत्सव बजगाई, काठमाडौं
आशुको स्पर्श र रगत पसिनाको त्यो त्यागबाट ल्याएको लाज छोप्ने कोशेली एयरपोर्टबाट छिराउन सकिन आमा माफ गर्दिनु् मलाई
हरेक दिन, हरेक रात हर समय काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट आफ्नो जन्म भूमि छाडी सुनौलो सपना किन्ने आशलिई एउटा हातमा श्रम स्वीकृति गरेको कागज पत्र र अर्को हातमा लगेज झुण्डाएर प्रतिक्षालयमा बस्नेको भिड देखिरहँदा यो मन पक्कै पनि खुसी हुँदैन ।
ग्रामिणमा गुन्दुक र आटो खाएर हुर्किएकाहरु दुःखको त्यो संघारलाई लाखौं रुपियाँमा धलौटी राखेर सुनौलो सपना किन्ने त्यो रहर आकांक्षालाई कसरी पो बयान गर्न सक्थ्ये होला र ? जम्मा दुई रोपनी भएको जग्गा पनि साहुलाई घलौटी दिदै बाबुआमाका दोधार र चाँदनी पारीका सपना पुरा गर्छु । चुहिएको खरको छानुमा स्टिलको जसता पाता हाल्छु । भाई बहिनीलाई राम्रो शिक्षा दिक्षा दिन्छु । सुनौलो भविष्य कोर्छु बनेर आफ्नो ज्यान पनि लाखौं रुपियाँ बेची, मृत्युको त्यो संघारलाई सामना गर्दै, दुई धारबीचमा आफूलाई रुम्ल्याउँदै, आकाशको बाटो भई त्यो मरुभुमिमा पलायन हुँदा कसको मन पो खुसी हुन्थ्यो होला र ? पुरानो गाउँ त्यो परदेशी ठाउँमा पक्कै पनि कुनै पनि नेपाली दिदीबहिनी, दाजुभाई आमाबुबाको सुखको सहानुभुतितो र खुसीको उल्लासमयता कसलाई पो छ होला र । दिनभरीको त्यो चर्को घाममा तपतप पसिना चुहियाउँदै काम गर्नुको पीडाले पक्कै पनि कुन नेपालीको मन खुसी होला र ? दिनको त्यो चर्को घाम राती त्यो चिसो एसिमा गएर सुत्दा, कतै ब्लड सर्कुलेशन फेल भएर मरिने त हैन भन्दै ज्यानको बाजी थाप्दै जिन्दगीको दौडहानमा दौडिनु पर्ने कस्तो विचित्रको संसार र समय । कठै हामी नेपालीको दुरावस्था र विडम्बना । त्यति मात्रै कहाँ हो र परदेशीको त्यो हेपेसी व्यवहार गाली र कुटाईले सधैं तडपी तडपी मर्न बाध्य छौं । हामी नेपाली । पानीको प्यासले प्याक प्याक हुँदा पनि दुई थोपा पानीका निम्ति तडपिनु पर्ने कस्तो विडम्बना । कठै हामी नेपाली । आज तडपी तडपी भोलीको सुनौलो भविष्यका निम्ति आफ्नो रगत र पसिना बेजिरहँदा पनि परदेशी नेपाली परदेशमा सुख र मनोरञ्जन कहिले पो लिन पाउँलान् र खै ? ती परदेशीको दुःख, यथार्थ र बास्तविकताको कहानी सुन्दा त यी मेरा आँखा रसाउँछन् भने त्यहाँ गएर दुःख गर्दा कस्तो होला एक पटक कल्पना पनि गर्न सकिन । कठै विचरा म । बर्षै विदेशीएका ५० लाख युवायुवतीले पठाएको रेमिट्यान्सबाट गुज्रिएको सरकारले आज आमाको चिरिएका ती कुरकुच्चा र लाज छोप्न परदेशबाट ल्याएको फरिया र चोली अन्तर्राष्ट्रिय विमान स्थलबाट बाहिर ल्याउन सकिन आमा मलाई माफ गर्दिनुस् । ३३ किलो सुनको भण्डार र लाखौं अवैध लागु औषध छिर्दा नदेख्ने भुसियाहरुले मैले आशुको स्पर्श र रगत पसिनाको त्यागबाट हजुरको लाज छोप्न ल्याएको एक पत्र फरिया र चोली छिरेन आमा । मलाई माफ गर्दिनुस् । छाक काटेर जोहो गरी बल्लबल्ल हजुरको उर्दिएको त्यो चोली फेरी हजुरको मुहारमा खुसी बहाल छरौला भनि बुनेको सपना आज सपना मै सिमित रह्यो आमा मलाइ माफ गर्दिनुस् ।
कस्तो देशमा जन्मलिन पुगिएछ । धिकार छ म लगायत तीन करोड नेपाली जनतालाई । हामीले नै परदेशबाट पठाएको रेमिट्यान्सबाट कटौती भएको तलब खाएर आफ्नो जिविका निर्वाह गर्न भुसियाहरुले । यति पनि सोच्न सकेनन् । आमा कस्तो व्यक्तिहरुलाई भोट दिई चुनेर, सत्तामा पु¥याइएछ आमा । ३३
किलो सुन मौन भई छिर्दा, मैले हजुरको लाज छोप्न ल्याएको एक पत्र फरिया र चोली एयरपोर्टबाट छिर्न
बाजा बज्यो आमा । मलाई माफ गर्दिनुस् । हजुरका दोधार चाँदनी पारिका सपना र चाहुरिएका बुबाका ती गालामा खुसीको बहाल र हजुरको लाज छोप्न रगत पसिना विना मुल्यमा बेचेर ? ज्यानलाई धलौटी
राखेर पनि सकिन आमा । नेपाल सरकारले आफूलाई उतानो टान बनाउन खोज्या होकी सत्ताबाट जनता गिज्याउन खोज्या हो तो त बुझ्न सक्या छैन आमा । विहान बेलुकाको छाक काटेर, पसिना र रगतलाई
पैसामा रुपान्तरण गरेर आफन्त र परिवारलाई खुसीको बहाल छर्न ल्याइएको सामना विमान स्थल नै
लुटिदाँ कसको मन नरोला र आमा । पसिनाबाट आर्जिएको त्यो सामान उपयोग गर्दा कति मज्जा लिदाँ
हुन ति कुपुत्रहरु आमा । हामी नै हो आमा कसैको मुटु, कलेजो किडनी विग्रेको खुबर सुन्ने वित्तिकै आफ्नो
भाग काटेर पैसा उठाउन सुरु गर्र्छौ मुग्लानमा । हामी नै हौ कर्णालीमा अस्पताल बनाउन पैसा पठाउनी, चितवनमा रंगशाला बनाउन पनि पैंसा जुटाउनी । हामी नै हो आमा जसको काटिएका हात खुट्टा जोडिदिन अभियान चलाउनी । कलाकारलाई बाँच्ने वातावरण बनाइ दिन विश्वभर संस्कति चिनाउनी । हामी नै
हौ, आमा नेता हाकिम, र प्रशासकहरु बस्ने कुर्सीको खुट्टो रेमिट्यान्सले अड्याउँनी । हामै्रकारण धेरैको
परिवार चलेको छ । धेरैको घडकन चलेको छ । र धेरैको शासन चलेको छ । चुलो बलेको छ । आस बाँचेको छ, देश बाँचेको छ आमा । तर पनि हजुरको लाज छोप्न र बुबाको चाउरिएको गालामा हर्षको
बाहक भर्न ल्याएको कोशेली छिराउन सकिन आमा । मलाई माफ गर्दिनुस् । खबरदार सरकार । यदि अवस्था रहि रह्यो भने सरकार विरुद्ध जनताको ज्वारभाट फाट्नेवाला छ । जनताको धैर्यताको बाँघ फुट्नेवाला छ । जन सागर उर्लनेवाला छ ।

Comments

comments