फेसबुक मालिकलाई उछिन्दै यी युवती बनिन् विश्वको कम उमेरको अर्बपति : पेसा थाहा पाउँदा चकित

52

काठमाडौ । विश्वका सबैभन्दा कम उमेरको अर्बपतिको रुपमा नयाँ युवत्तीको उदय भएको छ । अमेरिकाको लस एन्जलसमा जन्मेकी केली जेनर अब विश्वमा सबैभन्दा कम उमेरमा अर्बपति हुनेहरुमा पहिलो नम्बरमा आएकी छिन् । यो भन्दा पहिले यो नाम फेसबुकका संस्थापक मार्क जुकरवर्गको नाममा रहेको थियो । उनी सन २००८ मा २३ वर्षको उमेरमा अर्बपति बन्न सफल भएका थिए ।

यो बिचमा उनको त्यो रेर्कड केलीले तोड्न सफल भएकी हुन् । उनले २१ वर्षको उमेरमा नै आफुलाई अर्बपतिको रुपमा स्थापित गर्न सफल भएकी छिन् । उनी किम कार्दशियनकी बहिनी हुन, यो भन्दा पहिले उनको नाम विश्वका सबैभन्दा कम उमेरकी धनी महिलाहरुको रुपमा पहिलो नम्बरमा सुचिकृत भएको थियो । उनको कुल सम्पती ९०० लाख डलर भएको बुझिएको छ ।

उनले टेलिभिजन कार्यक्रमहरु संचालन गर्दै आइरहेकी छिन् । उनको आम्दानीको मुख्य स्रोत भनेको उनले श्रृंगारका सामानहरु बेच्ने गर्छिन । गएको छ हप्तामा केलीले मेकपका सामाग्री ओप्टेनहेमरको अनुमान अनुसार, अल्ट्रामा ५४.५० लाख डलर बराबर बेच्न सक्षम भइन् ।

उनले भनिन, “म केहि पसलहरूमा पसेँ, मैले मेरो सामान्य सामाजिक सञ्जाल प्रयोग गरे, मैले के गर्नुपर्छ गरे जुन मैले सामान्यतया गर्छु, र यसले मात्र काम गर्दछ ।” उनले सबैं प्रकारका सामाजिक सञ्जाल प्रयोग गरेर अनलाईन मार्फत लाखौं करोडौं डलर बराबरको कस्मेटिक सामान बेच्दैं आइरहेकी छिन् । एजेन्सी

Comments

comments