राजनीती र युवा विकास

197
  • सुरेन्द्र बिष्ट /काठमाडौं

युवा भन्नसाथ नेपालमा १६ देखी ४० उमेर समुहका बर्ग लिन सकिन्छ ।यो उमेर समुह भनेको निकै चलायमान वर्ग पनि हो ।युवाहरु देश का खम्बा हुन ।युवा पुस्ताको राजनीतिमा हाइस्कुलको शिक्षा समाप्त भइ कलेजहरुमा प्रबेश गर्ने उमेर अबधि यसै अबहि हो।कलेजहरुमा प्रबेश गरेपछि विद्यार्थी जिबनमा उसले विद्यार्थी सगठनहरु मार्फत राजनीतिको यात्रा सुरु हुन्छ ।अहिले कलेजहरुमा विद्यार्थी राजनीति गर्न र सिक्नको लागि विद्यार्थी निर्वाचनको ब्यवस्था गरिएको छ ।राजनीतिक दलहरुको भातृ सगठनको रूपमा विभिन्न विद्यार्थी सगठन रहेका छन । कुनै पनि देशको विकासमा राजनीति र युवाको मुख्य भुमिका रहन्छ ।राजनीतिक सिद्धान्त र विचारले देशलाई कस्तो बनाउने भन्ने विसयमा ठोस योगदान दिन सक्दछ ।देश को विकास भान्नाले युवाको विकास पनि हो। अहिले नेपालमा चरम बेरोजगारि समस्या रहेको छ ।यस समस्यालाई सम्भोधन गर्न सकेनो भने युवाको विकास हुन सक्दैन ।देश निर्माणको उदेश्य सबै राजनीतिक दलहरुको मुख्य एजेन्डा हुन जरुरि छ ।युवा पुस्तालाई अब आर्थिक निर्माणको काममा लगाउनु पर्दछ। ब्यापक रोजगारि सृजना गरि युवा पुस्तालाई देश निर्माणको काममा लगाउनु पर्दछ। जबसम्म हामिले स्वदेशमा नै ब्यापक रुपमा उत्पादन गर्न सकेनो भने विदेश बाट कमायको पैसा हाम्रो आवश्यकता परिपुरतिको लागी फेरि बिदेशमा नै जाने खतार रहन्छ । विकासमा युवाको ठुलो भुमिका हुन्छ, अब यो राष्ट्रले हामीलाई के दियो भन्दा पनि यो रास्ट्रलाई हामिले के दियो भनेर सोच्ने बेला आयको छ ।राजनीतिक एजेन्डा अब लगभग अन्त्य भएको छ ।अब राष्ट्रिले आर्थिक विकासको एजेन्डा बोक्नु पर्छ ।आम नेपाली युवाहरुले त्यसलाई केन्द्रबिन्दुमा राखेर आफुलाइ तयारि गर्न आवश्यक छ । अन्तमा जबस्म्म राजनीतिले सहि दिसा लिन सक्दैन तबसम्म देशले प्रगति गर्न सक्दैन । त्यसैले आम युवाहरुले आफुले आस गरेको राजनीतिक दललाई देशको आर्थिक विकासमा लाग्ने खालको आर्थिक एजेन्डा तय गर्न दबाब र सहयोग गरो जसको माध्यम बाट समग्र युवाहरुको विकास सम्भव छ र यसको माध्यमबाट छिटइ देशले आर्थिक प्रगती गर्नेछ ।देशको आर्थिक प्रगति विना कसैको पनि विकास सम्भव छैन ।युवाको विकास पनि यसैमा निहित छ ।। सुरेन्द्र बिष्ट

Comments

comments