अभिनेत्री प्रियंका चोपडाले गएको फेब्रुअरीमा गरेको एक ट्वीटका कारण अहिले पनि आलोचनाको सामना गर्नु परिरहेको छ।
प्रियंकाले जम्मू–कश्मीरको पुलवामामा चरमपन्थीले सुरक्षाकर्मीको बसमा आक्रमण गरेपछि त्यसको प्रक्रियास्वरुप भारतीय सुरक्षाकर्मीले पाकिस्तानी क्षेत्रमा गरेको आक्रमणको समर्थन गर्दै ट्वीट गरेकी थिइन् ।
Jai Hind #IndianArmedForces 🇮🇳 🙏🏽
— PRIYANKA (@priyankachopra) February 26, 2019
अमेरिकाको लस एन्जलसमा भएको एक कार्यक्रमको क्रममा प्रियंकालाई एक महिलाले संयुक्त राष्ट्रसंघको सद्भावना दूत रहेर पनि पाकिस्तान विरुद्धको परमाणु युद्धको समर्थन तथा प्रशंसा गर्नु जायज हो ? भनेर सोधेकी थिइन् ।
यसको जवाफमा प्रियंकाले भनिन्, ‘पाकिस्तानमा मेरा धेरै साथी छन् र म भारतकी बासिन्दा हु। युद्ध मलाई मन पर्ने चिज होइन । तर म देश भक्त पनि हुँ । यस्तोमा यदी मैले आफ्ना शुभचिन्तकको भावनामा ठेस प¥याएको भए माफी चाहन्छु ।’