मिशन मंगलले तोड्यो कबिर सिंहको रेकर्ड

37

एजेन्सी । अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सय करोडको क्लबमा समावेश हुन अब धेरै टाढा छैन् । धमाकेदार ओपनिङ गर्दै आइतबारसम्म यो फिल्मले ९६.५० करोड कमाई गरेको थियो ।

यतिमात्र होइन यो फिल्मले ‘कबिर सिंह’ को रेकर्ड तोडेर यो वर्ष आइतबारको दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको उपाधि पनि आफ्नो नाममा पारेको छ ।

बक्सअफिसइन्डियाका अनुसार शाहिद कपुरको ‘कबिर सिंह’ ले रिलिजको पहिलो आइतबार २७.२५ करोड भारुको कमाई गरेको थियो भने मिशन मंगलले यो रेकर्डलाई केही अन्तरले पछार्दै करिब २७.५० करोड भारुको कमाई गर्यो ।

Comments

comments