सूदुरपश्चिमेली नेपाली समाज भारतद्वारा गौरा तथा तीज कार्यक्रम भब्य रुपमा मनाउने तयारी; सूदुरपश्चिमेली नेपाली समाज भारत द्वारा भारत का बिभिन्न राज्य तथा जिल्लाहरु मा सुदूरपश्चिमेली नेपाली हरुको महान् पर्व गौरा तथा तीज कार्यक्रम भब्य रुपमा मनाउने तयारी

31

भारत

१८ अगष्ट २०१९ का दिन सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समिति द्वारा सभ्य भब्य रुपमा सुदूरपश्चिमेलीहरुको महान् पर्व गौरा तीज लाई सुदूरपश्चिमेली संस्कृति भेषभूषा का साथै रमाइलो को लागि डेउडा ठाडीभाका न्वाले खेल लोक दोहोरी तीज गीत का साथै दिल्ली राज्य का बिभिन्न ठाउ लाई आफ्नो कार्य क्षेत्र
बनाई आफ्नो कला संस्कृति लाई जगेर्ना गर्नु पर्छ भन्ने उदेश्यले गत वर्ष झै यस बर्ष पनि गौरा तथा तीज कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ।
त्यसै गरी ३१ अगष्ट २०१९ का दिन मा सुदूरपश्चिमेली नेपाली समाज भारत तेलंगाना राज्य समिति ले पनि गौरा तथा तिज कार्य क्रमलाई भब्यरुपमा मनाउने तयारी गरेको छ।
२ सेप्टेम्बर २०१९का दिन सुदूरपश्चिमेली नेपाली समाज भारत मुम्बई राज्य समिति र सुदूरपश्चिमेली नेपाली समाज भारत उतराखंड राज्य समिति ०८ सेप्टेम्बर सूदुरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समितिले यस्तै गरी राजिस्थान कर्नाटक हरियाणा पंजाब हिमाञ्चल परदेश मा पनि सुदूरपश्चिमेली हरुको महान् पर्व गौरा तीज लाई भब्यताका मनाउने तयारी गरेको छ। कार्य क्रम लाई रोचक र आकर्षक बनाउन को लागि सुदूरपश्चिमेली ख्याती प्राप्त लोक तथा डेउडा गायक गायिका हरुको पनि उपस्थित रहने छ।
भन्ने जानकारी सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय अध्यक्ष दिपक प्रकाश मल्ल र सुदूरपश्चिमेली नेपाली समाज भारत का केन्द्रिय महासचिव मोहन बिर साउद ज्यू ले जानकारी दिनुभयो।
गैर राजनैतिक गैरनाफामुलक आपसी एकता समझदारी भाइचारा र असाहय पीडित हरुको एक मात्र अनुशासित संगठन सूदुरपश्चिमेली नेपाली समाज (भारत)

Comments

comments