विमल अधिकारिको ‘भुपु माया’ दिव्यानी ? Pramod Kharel New Song AE BHUPU MAYA

22

इन्द्रेणी न्युज, काठमाडौँ। गायक प्रमोद खरेलको आवाजमा ‘ए भुपु माया’ बोलको गीत सार्वजनिक भएको छ । रोशन सिंहको शब्द तथा संगीत रहेको गीत सोमबार युट्युव मार्फत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा दिव्यानी ओली, विमल अधिकारी र कृष्ण सापकोटाको अभिनय रहेको छ । प्रेमिकाबाट धोका पाएको प्रेमीको दृश्टिविन्दुबाट गीत गाइएको छ । गीतको छायांकन गोदावरी र काठमाडौंका विभिन्न ठाउँमा गरिएको छ । भिडियो निर्देशन कपिल लामाले गरेका हुन् । राजेश घिमिरेको छायांकन रहेको गीतको सम्पादन विकाश ज्ञवालीको हो ।

‘ए भुपु माया’ केटीको आवाजमा पनि छिटै सार्वजनिक हुँदैछ ।

Comments

comments