नेकपा बैठकमा गौतमले भने ‘म कास्की २ बाट चुनाव लड्दिन’

12

काठमाडौं। आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने चर्चा भइरहेका बेला वामदेव गौतमले आफु त्यहाँबाट चुनाव नलड्ने बताएका छन्। सत्तारुढ दल नेकपाको सचिवालयको बैठकमा पार्टी उपाध्यक्षसमेत रहेका गौतमले कास्कीबाट चुनाव नलड्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की २ खाली छ। सो निर्वाचन क्षेत्रमा आगामी मंसिर १४ गते चुनाव हुँदैछ। बर्दियाबाट पराजित गौतमले विभिन्न स्थानबाट उपचुनाव लड्ने प्रयास गरेका थिए।

काठमाडौं ७ का रामविर मानन्धरलाई राजिनामा गराएर त्यहाँबाट चुनाव लड्ने तयारी गरेपछि गौतमको पार्टी भित्र र बाहिर निकै आलोचना भएको थियो। सो प्रकरणपछि चुपाचाप रहेका गौतम कास्की २ खाली भएपछि त्यहाँबाट चुनाव लड्ने चचाए चलिरहेको छ।

शनिबार बैठकमा गौतमले कास्कीबाट आफु चुनाव लड्ने मुडमा नरहेको बताएका थिए। यद्यपी उनको प्रस्तावबारे बैठकले कुनै निर्णय भने गरेको छैन। र पार्टीले नै यो् विषयमा अन्तिम निर्णय गर्ने भएकाले उनलाई पार्टीले टिकट दिने सम्भावनासमेत रहेको नेकपा नेताहरु बताउँछन्।

तर, बर्दियाको बलियो निर्वाचन क्षेत्रमा पराजित भएपछि मोरल डाउन भएका गौतम कास्की २ मा पनि पराजित भइन्छकी भन्ने डरमा रहेको नेकपा नेताहरुले बताएका छन्।

शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न ६ वटा महानगर कमिटीका अध्यक्ष रु सचिबको टुंगो लगाएको छ।

Comments

comments