स्काभेटरले किचेर बैतडीमा एकको मृत्यु

33

कार्तिक ,७/बैतडी

नरेन्द्र बिष्ट ,

बैतडीमा स्काभेटरले किचेर एक जनाको मृत्यु भएको छ । आज बिहान ०७ः३० बजेको समयमा बैतडीको मेलौली नगरपालीका वडा नं. ५ पेले भन्ने ठाउमा मेलौली नगरपालिकाको लामालेक बाट पेले सम्म शाखा रोड खनेर फर्कने क्रममा एस के २२० के डी नम्बरको स्काईभेटरमा सवार मेलौली नपा— ५ पेले बस्ने ५५ बर्षिय शुक्र सिंह पुजारा स्काईभेटर बाट लडी च्यापिन गई घट्ना स्थलमा नै मृत्यु भएको हो । घटनाको बारेमा मेलौली नप ५ का वडा अध्यक्ष बलभद्र दयालले प्रहरीलाइ जानकारी दिएपछी उक्त स्थान तर्फ तत्काल ई.प्र.का.तस्वदेही बाट प्रहरी टोली खटाएकोे र थप अनुसन्धानका लागी जि.प्र.का. बैतडी बाट प्रहरी.निरिक्षक. किसन चन्दको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थल तर्फ खटाएको जिलला प्रहरी कार्यालय बैतडीले जनाएको छ । स्काभेटर चालक दशरथचनद नगरपालिका २ देहिमाण्डौका सेरी सिह बोहरा फरार रहेको प्रहरीले जनाएको छ ।

Comments

comments