ए क्रान्ति……!

9

नरेन्द्र भट्ट,बैतडी

ए!क्रान्ति उठ!
अरबे अमिरकी बिस्तर बनेकी,
चेलिको मुक्तिको ,
लाल झण्डा बन्दै उठ!!

क्रान्ति उठ!
मरुभूमिका ती उट गोठाला,
मालायाको गल्लिका ती चौकिदार,
भारतीय दर्वानका ती कुल्ली ,
अरबको तातो हावा खाएर देश पालिरहेका,
नेपाली स्वाभिमानको
खोक्रो गाथा भजेर बाचिरहेका छन,
जो नेपाली,
तिन्को देश फिर्तिको पाइलट बन्न,
उठ,क्रान्ति !!

मरुभूमि हराभरा बनाउने त्यो सृजना,
बिज्ञानजगतले दिएको यो चेतना,
समिश्रण गर्दै आफ्नै माटो सिगार्ने
अठोटको एक योजना गर्दै,
बिस्वमान चित्रमा,
प्रसन्न नेपालीको श्रेष्ठता हासिल
गर्न उठ! क्रान्ति उठ!!

यहाँ हास्ने दुर्योधन हरु छन,
बिदुरका न्यायोचित वचन संग,
यहाँ प्रसन्न हुने
राबणहरु छन फाइदा उठाउने चाप्लुस संग,
यहाँ दाशताको आबेदन दिने
बिद्द्वान छन ,
घोडचढी पटमुर्ख संग,
जो उखाडिने छन क्रान्ति,
समय अगावै तिमिले ल्याएको हुरि संगै!
तब उठ क्रान्ति ,जुरुक्क उठ!!

Comments

comments