प्रमोद खरेलको ‘कुनै दिन मायामा’ रिलिज (भिडियो)

23

इन्द्रेणी न्युज, काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा ‘कुनै दिन मायामा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । रुपेश मास्केको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा नमराज सिलवाल र कविता राय (यादव)ले अभिनय गरेका छन् । भने , यसमा टेलिभिजनकर्मी कुमार आचार्यलाई पनि भिडियोमा देख्न सकिन्छ । भिडियोलाई कुमारले नै निर्देशन गरेका हुन् ।

रामेश्वर हुमागाईंले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका हुन् । अभिनय गर्ने सोच नभएता पनि आफु सुहाउदो क्यारेक्टर भेटिएकोले भिडियोमा आफुपनि देखिएको निर्देशक आचार्यले बताए ।

Comments

comments