छोटो समयमै ग्राहकको रोजाइमा ठमेलको ‘सट स्टेशन’

63

काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा रहेको ‘सट स्टेशन’ छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । ठमेलको नर्सिङ् चोकमा रहेको यस ‘सट स्टेशन’मा गुणस्तरी नेपाली खाना पाउनुका साथै इन्डियन, इजरायल लगायत थुप्रै देशका खानाहरुको पनि व्यवस्था रहेको छ ।

 

यस ‘सट स्टेशन’ले बिहान ११ बजे देखि रातीको २ बजेसम्म स्वदेशी तथा विदेशी युवालाई सेवा प्रदान गर्दै आइरहेको छ । स्वदेशी तथा विदेशी स्न्याक्सका साथमा चालिस भन्दा बढी सट भेराइटी र स्पेसल खसि र बँदेलका परिकार पाइने स्टेशनका सञ्चालक धर्मराज पनेरू बताउँछन् । ५० जना भन्दा बढी संख्या अटाउने यस स्टेशनमा पारिवारीक जमघट, बर्थडे पार्टि, एनिर्भसरी पार्टि लगाएत बिभिन्न किसीमका पार्टि गर्न सकिने पनेरुले बताए ।

 

स्टेशनमा हरेक दिन ‘ओपन माइक’ र फुड, ड्रिङ्स, म्युजिकजस्ता विशेष अफर रहेको छ । पनेरुसँग एक दशक लामो होटल तथा रेष्टुरेन्ट क्षेत्रमा अनुभव रहेको छ र आगामी दिनमा उपत्यकाका विभिन्न ठाउँ तथा उपत्यका बाहिर पनि सट स्टेशनका शाखा खोल्ने लक्ष्य लिएको बताए ।

Comments

comments