धान उत्पादनमा कमि;

217

बिबेक लम्साल/ कृषि विद्यार्थी
यस बर्ष २०७६/७७ मा बर्खे धान उत्पादनमा गत बर्षको तुलनामा १.०५ प्रतिशतले कमि आयको छ।यस बर्ष ५५ लाख ५० हजार ८७८ टन धान उत्पादन भएको थियो भने अगिल्लो बर्ष ५६ लाख १० हजार टन धान उत्पादन भयको थियो ।

सरकारले तोकेको समर्थन मुल्यमा पनि धान बिक्री गर्न कठिनाई भयको किसानहरुको गुनासो थियो । धान हाम्रो प्रमुख खाद्यान्न बाली हो । हाम्रो प्रत्येक दिन को खानामा चामल समाबेश हुने भयकाले यसको माग नेपालमा धेरै छ । माग अनुसार उत्पादन हुन नसकेको कारण प्रतिबर्ष अर्बौं रुपैयाको धान आयात हुने गरेको छ। गतबर्ष नेपालले २५ अर्ब ७४ करोड बराबरको धान उत्पादन गरेको थियोे ।

सरकारले उत्पादन बढाउन गरेका थुप्रै कार्यक्रमका बाबजुद उत्पादन वृद्धि हुन नसक्नुका थुप्रै कारणहरु छन।
१. भुमी ऐन कार्यान्वयन हुन नसक्नु र कृषि योग्य भुमीहरु घर घडेरीमा परिवर्तन भई घडेरी हरु बर्सेनि बाझो रहनु
२. किसानलाई माटो, जलबायु सुहाउँदो बीउ प्राप्त नहुनु
३. बीउ छर्नु अघि बिउको उपचार नगर्नु
४. कृषिका दक्ष जनशक्ति को अभाव तथा हरेक कृषि क्षेत्रमा परिचालन गर्न नसक्नु

यी सबै कारणका बाबजुद हामिले आफ्नो क्षेत्रबाट पनि सकारात्मक काम गर्न सक्छौ । दक्षिण एसिया मा युरोप र अमेरिका को तुलनामा बढी धान खपत हुन्छ। हामिले आफ्नो देशमा उत्पादन हुने जौ, फापर, मकै लाई आफ्नो दैनिक खानमा राख्न सक्यौं र चामलको प्रयोगमा प्रत्येक दिन अलिकति कमि गर्न सक्यौं भने पनि आयात कम हुन्छ । एक तथ्यांकअनुसार बिश्वमा ३०,००० बिरुवाका जातहरु खानयोग्य छन जसमध्ये ८,००० मात्र प्रयोग भएको छ । अहिले बिश्वमा मात्र १२० वटा मात्र उत्पादन भैइरहेको छन र जसमध्ये पनि जम्मा ९ वटा ७५% भन्दा बढी प्रयोग गरिन्छ । हाम्रो जस्तो जैविक बिबिधता भएको देशमा सधैं र धेरै प्रयोग हुने अन्नलाई यहाको स्वदेसी उत्पादन बाट पूरा गर्न सकेमा स्वदेशी रुपैया बाहिरिने थियन कि ।

Comments

comments