प्रहरी नियन्त्रणमा रहेकी आस्था राउतलाई जिल्ला प्रशासनमा उपस्थित गराउने तयारी गरिदै

77

गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी आज बिहान आफैं आफन्तसँग प्रहरी कार्यालय पुगेकी थिइन् ।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिला श्रेष्ठले उजुरी दिएको आधारमा आस्थालाई प्रहरीले नियन्त्रणमा लिएको हो । केही समयअघि उनले विमानस्थलमा कार्यरत कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लागेको थियो । प्रहरीले अब कानुनी प्रक्रिया सुरु हुने बताएको छ ।

माघमा भद्रपुरका लागि उडान भर्नुअघि आस्थाले विमानस्थलमा प्रहरीसँग भनाभन गरेकी थिइन् । पछि उनले सामाजिक सन्जालमा आफ्ना असन्तुष्टि पोखेकी थिइन् । उनले प्रहरीलाई भिडियोमा गाली गरेकी थिइन् । त्यसपछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो । सोहीअनुसार माघ १३ गते आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको थियो ।

प्रहरीले अब राउतलाई जिल्ला प्रशासनमा उपस्थित गराउनेछ । त्यहीँबाट उनी प्रहरी नियन्त्रणमा नै रहने वा रिहा हुने प्रक्रिया अघि बढ्नेछ ।

Comments

comments