आज वर्षा र हिमपातको सम्भावना, भोलिदेखि घाम लाग्ने

52

काठमाडौँ । आज बिहीबार देशका अधिकांश ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मंगलबारबाट नेपालमा प्रवेश गरेको पश्चिमी न्युन चापीय प्रणाली आजसम्म रहने छ । देशभर आशिंक देखि सामान्य बदली भई अधिकांश ठाउँमा पानी र हिउँपर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशकाको मध्य र पश्चिमका धेरै ठाउँमा पानी पर्ने र उच्च हिमाली भेगमा हिमपात हुने छ ।

आज रातीदेखि नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम हुँदै जाने भएकाले शुक्रबारदेखि मौसममा सुधार हुने छ ।

यस्तो छ तीन दिने पूर्वानुमान
माघ १६ गते (बिहीबार)

दिउँसो : देशभर आशिंक देखि सामान्य बदलीको अवस्था रहने संभावना रहेको छ। देशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।

माघ १७ गते (शुक्रबार)

दिउँसोः देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।

रातीः देशभर सामान्यतया मौसम सफा रहनेछ।

माघ १८ गते (शनिबार)

दिउँसोः : देशभर आशिंक देखि सामान्य बदलीको अवस्था रहने संभावना रहेको छ। देशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

रातीः देशभर सामान्यतया मौसम सफा रहनेछ।

Comments

comments