जन्मदिनमा तक्मे बुढालाई पुत्रलाभ

37

हाँस्यकलाकार विल्सन विक्रम राईलाई जन्मदिनको दिनमा पुत्र लाभ भएको छ । विल्सनकी पत्नी सरिना लामाले बुधवार छोरालाई जन्म दिएकी हुन् । गत फागुनमा सुटुक्क बिहे गरेका राईले गत भदौमा आफूले बिहे गरेको खुलाएका थिए । उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए ।

‘तक्मेबुढा’को नामले परिचित विल्सन बुबा बनेपछि कलाकार तथा फ्यानले विल्सनलाई बधाई दिएका छन् ।

Comments

comments