राईनास मेयरमा सबैकाे ध्यान गणेश चिलुवाल तिर

8

काठमाडौं २९ चैत। स्थानिय चुनाव नजिकिए सँगै लमजुङ राईनास नगरपालिका प्रमुखका दाबेदारका बिषयमा चर्चा परिचर्चा बढ्न थालेकाे छ ।सबै पार्टिका दाबेदार लिष्ट हेर्नेहाे भने नेतृत्व पंतिलाई उपयुक्त उमेद्वार छान्न हम्मे हम्मे देखिन्छ । सबै उमेद्वारकाे नाम चलिरहदा नेपाली कांग्रेसबाट मेयर पदका दाबेदार बनेका गणेश चिलुवालकाे वजन कति भन्ने तिर सबै ध्यान तानिएकाे छ । त्यसाे त अघिल्लाे स्थानिय चुनावमा पनि गठबन्धन पार्टि सँग भिड्दा झिनाे मतान्तरले पराजित भएका चिलुवाल कांग्रेस भित्रकै अन्तरघातले पराजित भएकाे नेका समर्थितहरुनै बताउछन् ।

अाफ्नाे कारण नभई कांग्रेस भित्रकै अन्तरघातले म पराजित भएकाे थिय तर यसपटक म जनताकाे दैलाे दैलाेमा पुगेर जनताका दुःखकाे सहयात्रि बनेकाे छु । बिकास निर्माणका काममा लागेकाे छु , म जत्तिकाे विकास मुखि र जनताकाे सहयात्रि बनेकाे अरु कूनै पनि साथिहरु हुनुहुन्न त्यसैले मेराे मुल्यांकन पार्टिले गरिदियाे भने नेपालि कांग्रेसले राईनासमा नेतृत्व पाउछ , उनि दावि गर्छन् ।

नगरप्रमुखकाे उमेद्वार छान्दै गर्दा पार्टि प्रति बफादार,बिकास प्रेमि र जनता केन्द्रित हुन अावश्यक छ ,जुन कुरा चिलुवालमा छन् । मत र ह्विम हेर्ने हाे भने गणेश चिलुवाल सँग प्रतिस्पर्धा गर्दै गर्दा अन्यपार्टिका उमेद्वारले एकपटक साेच्नुपर्ने देखिन्छ । राईनासकै हकमा हेर्ने हाे भने केन्द्र सम्म पुगेर कुनै पदमा नरहदा पनि व्यक्तिगतरुपमै लडेर बिकासका याेजना ल्याउन अहाेरात्र खट्ने एक व्यक्ति भनेकै गणेश चिलुवाल भएकाे अघिल्ला कृयाकलापले देखाईसकेका छन् । राईनासमा मात्र हाेईन लमजुङ जिल्लाका अन्य धेरै याेजनाहरुमा पनि गणेश चिलुवालकाे मेहनत परेकाे सुन्न पाईन्छ । राइनास यस्ताे ठाउ हाे जहाँका कुनै पनि सडकहरुमा चिलुवालकाे मेहनत र समय खर्च भएकाे छ । बाैद्दिक , बिकासप्रेमि र जनमतकाे अाधारमा नेतृत्वपंतिले काेहि उमेद्वार घाेषणा गर्छ भने राईनासकाे हकमा गणेश चिलुवालकाे बिकल्प नभएकाे राईनासका बुद्दिजिबिहरु बताउछन् ।

Comments

comments