को हुन नेकपा एमालेले उठाएका विराटनगर महानगरका उम्मेदवार सागर थापा ?

12

काठमाडौं १४ बैशाख। नेकपा एमालेले विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवार बनाएका सागर थापा नेकपा एमाले विराटनगर महानगरका अध्यक्ष हुनुहुन्छ । नेकपा एमाले निकट अनेरास्ववियु का पूर्व नेता , बिराटनगर को महेन्द्र मोरङ कलेज का दुई कार्यकाल स्वतन्त्र विद्यार्थी युनियन को सभापति नेकपा एमाले मोरङ जिल्ला कमिटी मा सचिवालय सदस्य रहेर काम गरेका युवा नेता बिराटनगर महानगर पालिका हरेक घर धुरी मा पुगेका सामाजिक अभियन्ता,बिकास प्रेमी नेता मिलनसार जनता का प्रिय हुनुहुन्छ।

विराटनगरमा रहेर लामो समयसम्म पार्टीको सक्रिय राजनितिमा रहनुभएका थापा युवाहरुका माझमा लोकप्रिय हुनुहुन्छ । सामान्य जीवनयापन र महानगरका हरेक घर पुग्ने नेताका रुपमा परिचित थापा बुवा चन्द्रबहादुर थापा र आमा कमला थापाका कान्छो छोराको रुपमा २०३३ साल साउन ३ गते जन्मनु भएको हो ।

विद्यालयदेखि नै राजनितिमा सक्रिय थापाले पार्टीका विभिन्न तहमा रहेर आफ्नो सफल नेतृत्व दिँदै आउनुभएको छ । विराटनगर महानगरपालिका– ४ निवासी थापाले महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा विद्यार्थी कमिटीको सेल सचिव, इलाका कमिटीको सदस्य हुँदै दुई दुई कार्यकाल स्ववियू सभापति बन्नुभएको थियो ।

२०५७ देखि २०६० र २०६० देखि२०६२ सम्म स्ववियूको नेतृत्व गर्नुभएका थापा युवा र विद्यार्थीका लागि निकै लोकप्रिय र निडर नेताका रुपमा परिचित हुनुहुन्थ्यो । सधै सक्रिय राजनितिमा रहँदै आउनुभएका थापा २०६२/०६३ को जनआन्दोलन ताका पटक पटक प्रहरीको गिरफ्तारमा पर्नुभएको थियो भने शाहिकालको आन्दोलनकै क्रममा पक्राउ परि उहाँले २८ दिन जेल जीवन समेत व्यतित गर्नुपरेको छ ।

नेकपा एमालेका विभिन्न कमिटीमा रहेर नेतृत्व गर्नुभएका थापा नेकपा एमाले महानगर कमिटिको इन्चार्ज, संयोजक र अध्यक्ष हुँदै लगातार १२ वर्षदेखि महानगरमा पार्टीको नेतृत्व गर्दै आउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यको समेत जिम्मेवारी पूरा गर्नुभएका थापाले प्रदेश कमिटी सदस्य समेतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

Comments

comments