झापाली गायक राजुको सांगीतिक यात्रा

46

मादलई बज्यो मादलई बज्यो तत्यो पारी गाउमा
पिरती को फुला पिरती को फुल फुल्यो मेरो मनैमा

झापाली युवा गायक राजु दंगालले गाएको गीतले यतिवेला नेपाली संगीत बजारमा राम्रो स्थान ओगट्न सफल भएको छ । उनले गाएका गीतहरु धेरै क्याम्पसे ठिटा ठिटीहरुका मुखमा गुञ्जिने मात्र हैन मोबाइलको रिङ ब्याक टोनमार्फत अरु धेरै फोनकर्ताले पनि सुन्न पाउने गरेका छन् । प्रबेशिका परीक्षा दिएपछि फूसर्दिला बनेपछि संगीततिर ढल्किएको ताउँछन् ।यही क्रममा उनले कैयौं दिनसम्म कोठाको ढोका थुनेर गायनको अभयास पनि गरे ।’

त्यसपछि आत्मबिश्वास संगालेर स्टेजमा निस्किएको हुँ’ । राजुले सुनाए – ‘स्टेजमा श्रोता र दर्शकले दिएको ताली र वाहवाहीले मलाई यो क्षेत्रमा डेगिलो बन्न प्रेरणा मिल्यो ।’ उनले हजारौं दर्शक जम्मा हुने उनकै घर छिमेकको माइमेला, पथरी र बिराटनगरका स्टेजमा अग्रज कलाकारका गीतमा स्वर दिएपछि उनी साँच्चिकै श्रोताले रुचाइएका गायकमा दरिए । दंगालका छिमेकी सञ्चारकर्मी बिनोद सापकोटाका अनुसार गीतार र हारमुनियम जस्ता बाजामा सानैदेखि रमाउने राजुले गायक र संगितकार बन्ने लक्षण बालकालमै देखाएका थिए ।


अध्ययन बढाउँदै लैजाँदा उनको उमेर पनि तन्नेरी हुँदै गयो ।तन्नेरी उमेरमा आउने भावनालाई उनले गीतलाई लयमा संगाल्दै गए ।’झण्डै डेढ बर्ष्भित्र सातवटा गीत तयार गरें’ लामो कपाल मिलाउदै राजुले भने – ‘गीत तयार गरेपछि एल्बम निकाल्ने कुराको निधो गरेको हुँ ।’ ती गीतहरुमा संगीत राजुले आफैं भरे । एल्बमको नाम राखे ‘मी एलोन फर यू’ अर्थात् तिम्रो लागि म एक्लै । एल्बमको नामले नै तन्नेरी तरुनीहरु तानिएकोले उनका फ्यानहरु प्रशश्तै निस्किए ।
राजुको एल्बममा रहेको माथि उल्लेखित गीत दुइ महिना अघि सम्ममा ९४ हजार मोबाइल प्रयोगकर्ताले डाउनलोड गरेको राजुले बताए ।

राजुले आफनो एल्बमको हालै भिडियो पनि निकालेका छन् । सुटिङका लागि उनले काठमाडौं भक्तपुर रोजेका छन् ।
पहिलो दोस्रो एल्बमको रेस्पोन्सबाट हौसिएका राजुले तेस्रो एलबमको तयारी गरिरहेका छन् । किशोर किशोरी केन्द्रित तीनवटा गीत तयारी गरिसकेको उनले बताए ।
स्नातक दोस्रो बर्ष पढ्दै गरेका सतासीधाम ७का राजु दंगाल सांगितिक बजारमा आफ्नो वेग्लै परिचय बनाउन सफल होउन्, उनको सफलताको हार्दिक शुभकामना ।

 

Comments

comments