36 नम्बर ट्रेण्डिङमा आर्जेको ‘डबल माया’ – भिडियो DOUBLE MAYA || Sirjana Khatri "Haudemaya"

135

इन्द्रेणी न्युज, काठमाडौं। बिहीवार सार्वजनिक गरिएको मिस्टर आर्जे र सृजना खत्री ‘हाउडे माया’को ‘डबल माया’बोलको गीत ३६ नम्बर ट्रेण्डिङमा पर्न सफल भएको छ। नायक अनुपविक्रम शाही र नायिका आँचल शर्माको अभिनय रहेको यस गीतको भिडियो छोटो समयमै ट्रेण्डिङमा पर्न सफल भएको हो। यो समाचार तयार पार्दा समेत यस गीतको भिडियोलाई ३ लाख बढी भ्यूज, ११ हजार लाइक र हजार भन्दा बढी कमेन्ट प्राप्त भएको छ। कमेन्ट गर्ने प्राय: दर्शकले गीतलाई उत्कृष्ट प्रतिकृया दिएका छन्।

सार्वजनिक गीतमा सृजना खत्री हाउडे मायाको आवाज मिस्टर आरजेको र्याप रहेको छ भने गायिका खत्री र मिस्टर आरजेको संयुक्त शब्द रचना तथा मिस्टर आरजेको संगीत रहेको छ। सान थापाको निर्देशन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहेको छ।

हेर्नुस् भिडियो:

Comments

comments