गढी र शाहीलेक बजारमा सरसफाई ।।

12

जनक साउद । बैतडी,जेठ ४ । जिल्ला सदरमुकाम स्थीत गढी र शाहीलेक बजारमा सरसफाई गरिएको छ । सुन्दर नेपाल बैतडीको पहलमा सरसफाई गरिएको हो । दशरथचन्द नगरपालिकाले फोहोर ब्यबस्थापनलको लागी पहल गरिरहेको भए पनि स्थानिय ब्यापारीहरुको लार्पबाहीले गर्दा सदरमुकाम स्थीत यी बजारहरु कुरुप र र्दुगन्धित बन्दै गएकोले आफुले गढी र शाहीलेक बजारमा सरसफाई गरेको सुन्दर नेपालका सुदुरपश्चिम संयोजक बलदेब सिह नायकले बताए ।

सरसफाई अभियानमा बैतडी ब्याटिस्ट चर्चको पुरै टोली र नेपाल प्रहरीको समेत सहभागीता रहेको थियो ।शाहीलेक बजार देखि गढी सम्मको फोहोर बग्ने नाली र बजार क्षेत्रमा सरसफाई गरिएको छ । यस्तै गोठलापानी बजार पनी सरसफाई गर्ने योजना रहेको संयोजक नायकको भनाई छ । सुन्दर नेपालले सरसफाई सम्बिन्धि बिभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ ।

Comments

comments