बडिकेदारमा संन्चालित योजनाको ९९ प्रतिशत काम सम्पन्न

13

यकेन्द्र चन्द , डोटि , जेठ ७ । डोटीको बडिकेदार गाउपालिकाले चालू आर्थिक बर्षमा सञ्चालित योजनाहरु को ९९ प्रतिशत काम सम्पन गरेको जनायको छ । गाउपालिकाले चालू आर्थिक बर्ष मा कुल २६५ योजना गाउपालिका क्षेत्रमा सञ्चालन गरेको थियो ।
पाँच वटा वडाको समान्तर बिकासको लागि सञ्चालन गरिएको योजनाहरुको काम जेठ् मसान्तसम्म सक्ने लक्ष्य रहेको गाउपालिका का उपाध्यक्ष इन्द्रा बोहरा भाटले बताउनु भयो गाउपालिका मा झुलुङगे पुल र वडा नम्बर १ मा रहेको सालमुनी पावरहाउस निर्माण लाई उच्च प्राथमिकता मा राखेको पुर्बधार बिकाश समिति का संयोजक टोप बहादुर चन्द ले बताउनु भयको छ ।
चालू आर्थिक बर्षमा शिक्षा स्वास्थ सडक खानेपानी सिपमुलक तालिम कृषि को क्षेत्रमा बढी काम भयको गाउपालिका ले जनाए को छ ।

Comments

comments