टहरामा आगलागी हुदा एकै घरका तीन जनाको मृत्यृ

32

जनक साउद ,बैतडी । जेठ ९। बैतडीको पुर्चौडी नगरपालिका ७ हाट बसपार्क छेउमा टहरामा आगलागी हुदा तीन जनाको मृत्यृ भएको छ । मृत्यृ हुनेमा ५० बर्षीय करे लुहार , उहाकै श्रीमती ४५ बर्षीय बिन्द्रा लुहार र ८ बर्षीय छोरा मनोज लुहारको मृत्यृ भएको हो । कुवाकोट घर भएका लुहार दम्पती बसपार्कमा टहरा निर्माण गरी मगन्तेको काम गर्दै आएका थिए ।
बुधबार राती १० ः ४० बजेको समयमा टहरोमा आगलागी भएको हो । खाना खाएर सुति सके पछि चुलोबाट आगो सल्केर आगलागी भएको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक गिन्द्र बहादुर बोगटीले बताए । आगालागीको खबर प्राप्त भएपछि प्रहरी चौकी पुरघाटबाट खटिएको प्रहरी टोली र स्थानियले लाश उद्धार गरेका थिए । अहिले आफ्नो टोली घटना स्थलमा गईरहेको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक बोगटीको भनाई छ ।

Comments

comments